कैदी शङ्कास्पद मृत्यु घटना : निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग
जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको राज्यको नियन्त्रणमा रहेका बेला शङ्कास्पद मृत्यु भएकाले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न नागरिक समाजसहित विभिन्न पक्षले माग गरेका छन् । जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका संखुवासभा, मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट, ककनी गाउँपालिका–७ का २८ वर्षीय…
उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभा सांसदको माग
जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभाका सांसद राजेन्द्र कार्कीले माग गर्नु भएको छ । निर्वाचन क्षेत्र नं १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य कार्कीले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्नु भएको हो । प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले भन्नु भयो-‘कैदीको मृत्यु रहस्यमय घटना छ ।…
कैदी शङ्कास्पद मृत्यु घटना : पीडित पक्षद्वारा कारागार प्रशासनविरूद्ध प्रहरीमा उजुरी
सङ्खुवासभा कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कारागार प्रशासनविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । [caption id="attachment_59838" align="alignnone" width="1249"] मृतक विनोद तोलाङ्गीका आफन्तले प्रहरीमा दर्ता गराएको उजुरी ।[/caption] पीडित पक्षले कारागार प्रशासन र कारागार सुरक्षाकर्मीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी…
जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन
जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनालाई लिएर कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । कारागारका कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि कारागारबाट नौ जना कैदीबन्दीलाई प्रहरीले विवाद साम्य नहुञ्जेलसम्मका लागि जिल्ला प्रहरी कार्यालय वा कारागार बाहिर लगेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो…
जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु
जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । बलात्कार मुद्दामा कैद…
जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि वेड अभाव, प्यासेजमा राखेर उपचार
मौसमी रूघाखोकी, आँखा पाक्ने समस्या, टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । [caption id="attachment_59389" align="alignnone" width="6000"] वेड अभाव भएपछि जिल्ला अस्पतालको प्यासेजमा राखेर उपचार गरिँदै[/caption] वेड अभाव भएसँगै बिरामीलाई अस्पतालको प्यासेजमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–६ का ४४ वर्षीय उत्तम विकलाई साउन १२ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८० असार २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १० जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-१ का २८ वर्षीय दिनेश आले मगरलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितले ०८० असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २८ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
पहिरोबाट विस्थापित परिवार तीन वर्षयता टेण्टमै बस्न बाध्य
पहिरोका कारण तीन वर्षअघि विस्थापित भएका ९७ परिवार टेण्टमै बस्न बाध्य हुनु परेको छ । तीनवर्ष अघिको पहिरोबाट विस्थापित भएका सिलिचोङ गाउँपालिका-१ बेसिन्दा गाउँका ९७ ओटा परिवारलाई अझै पुनः स्थापना गरिएको छैन । [caption id="attachment_58970" align="alignnone" width="6000"] पहिरो पीडितका लागि आवास बनाउनु अघि खाँदवारी नगरपालिका-७ भैरेमा बनाइ शौचालय[/caption] पहिरोका कारण…
बाढीपहिरोमा बेपत्ता भएका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन गृहमा सिफारिस
जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोमा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परी जिल्लामा बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन अध्यक्ष एवम् प्रमुख…