खुकुरी प्रहार गरी युवतीको हत्या
सभापोखरी गाउँपालिका–१ स्थायी घर भई खाँदवारी नगरपालिका–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ । खाँदबारी नगरपालिका–१ घिमिरे गाउँमा डेरा गरी बस्ने युनाको उनका प्रेमी सोही ठाउँका २३ वर्षीय नन्दराम गदालले हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो । पीडितको लास…
बालबालिका सम्बन्धी ऐन, कार्यान्वयनमा स्थानीय सरकारको प्रतिबद्धता
बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा जिल्लाका स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् । बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार प्रमुख तथा उप-प्रमुखहरूले ऐन कार्यान्वयनमा प्रतिबद्धता जनाएका हुन् । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगर र खाँदबारी नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समितिको सहकार्यमा ०८०…
कुटपिट भएको पीडित पक्षको आरोप
पाँचखपन नगरपालिका–३ का २७ वर्षीय दिलबहादुर तिवारीले आफूमाथि कुटपिट भएको आरोप लगाउनु भएको छ । एनएमवी लघुवित्त बैङ्क तुम्लिङटार शाखामा फिल्ड सहायक पदमा कार्यरत तिवारीले आफूलाई किस्ता लिन बोलाएर खाँदबारी नगरपालिका–१ पाठकधाराका ३६ वर्षीय रामकुमार श्रेष्ठले जेठ ९ गते कुटपिट गरेको पीडितको आरोप छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज…
बलात्कार घटनामा पीडित महिलालाई इन्सेकको सहयोग
बलात्कार घटनामा पीडित शारिरीक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक प्रतिनिधि भविन कार्कीमार्फत कोशी प्रदेश कार्यालयले पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । पीडित पक्षले इन्सेक प्रतिनिधिलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
शारिरीक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका–३ का ३० वर्षीय सन्तमान तामाङलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितले ०८० वैशाख ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…
किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव
जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोभिड–१९ महामारीको कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षयता बन्द गरेको छ । नाका बन्द भएपछि चीन तिरबाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो । भोटखोलामा विशेष गरी आलु, कोदो,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–९ का २७ बर्षीय झोके भनिने दलबहादुर राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८० वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–५ का २१ वर्षीय मिन बहादुर तामाङलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष कैद सजायसँगै २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चैनपुर नगरपालिका–७ का ६९ वर्षीय जङ्गबहादुर लिम्बुलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद सजायसँगै ४० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी २ लाख रुपियाँ…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–१२ स्थायी घर भई खाँदबारी नगरपालिका–९ का २२ वर्षीय धनबहादुर भनिने धनराज तामाङलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ गौतमको ०७९ चैत १९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायसँगै १० हजार रुपियाँ…