सुस्त मनस्थितिबाट पीडित परिवारलाई आर्थिक सहयोग
इटहरा गाविसमा एकै परिवारका पाँचजना सदस्यहरू सुस्त मनस्थितिबाट पीडित भएका र आर्थिक अभावका कारण उनीहरूलाई खाद्यान्न र लत्ता कपडाकोसमेत समस्या भएपछि इन्सेक पूवाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको समन्वयमा डायनामिक मोरङ कमिटीले कात्तिक १९ गते ६१ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । दक्षिण कोरियामा रहेका मोरङका स्थानीयद्वारा गठित डायनामिक मोरङ…
प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप
सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले भने घटनाको अनुसन्धान भइरहेको, शङ्कास्पद व्यक्तिसमेत गिरफ्तार गरिएको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्ने बताए । मृतकका…
याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा
कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग गरिदिन इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आएर क्षेत्रीय कार्यालय संयोजकसमक्ष आग्रह गरेकी छन् । पीडित महिलाले आफूमाथि प्रहरीले गरेको यातना र अमानवीय कार्यविरुद्ध न्यायका लागि सहयोग गरिदिन इन्सेक क्षेत्रीय कार्यालयका संयोजक…
साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु
सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो समयदेखि साङ्लोमा बाँधेर राखेको थियो । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, राष्ट्रिय मानव अधिकार आयोग, कोकनलगायतका संस्थाको संयुक्त पहलमा विगत चार…
बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा
मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले, आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका उप निर्देशक झङ्कर रावलसहितको टोलीले मोरङको बाढी प्रभावित…
दुग्ध वितरण आयोजनाको पाउडर दुधमा किरा
विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२ गते अनुगमन टोलीले पाउडरमा किरा फेला पारेपछि यो विषय सार्वजनिक भएको हो । अनुगमन पश्चात देखिएको उक्त कार्यले ग्राहकले भरपर्दो रूपमा लिएको दुग्ध वितरण आयोजनाले ग्राहकहरूलाई अस्वस्थ्य दुग्धजन्य पदार्थ विक्री…
आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारमा जाने वयक्तिहरू एजेण्टबाट ठगिने, कामको प्रकृतिको विषयमा थाहा नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको भन्दै राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन् । उनीहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिले…
कारागारका बालबालिकालाई पोषिलो खाना
राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर को समन्वय तथा सेतो गुराँस र जिल्ला बालकल्याण समिति मोरङको सहकार्यमा आश्रित बालबालिका तथा एक जना गर्भवती महिलाका लागि पोषिलो पिठो, कपडा, ग्लास,…
कारागारमा रहेका बालबालिकालाई पोषणयुक्त खानाको अभाव
जिल्ला कारागार मोरङमा आमासँगै आश्रति रहेका बालबालिकाको लागि पोषणयुक्त खानाको अभाव भएको छ । विभिन्न कारणले कारागारमा परेका आमासँगै आएका तथा कारागार भित्रै जन्मिएका बालबालिकाको लागि राज्यले पोषिलो खानाको व्यवस्था नगर्दा उनीहरूलाई पोषणयुक्त खानाको अभाव भएको हो । राज्यले कैदीबन्दीहरूका लागि दैनिक रूपमा उपभोग गर्न चामल तथा पैसा दिने भएपनि…
मानव बेचविखनविरूद्ध सचेतना कार्यक्रम सम्पन्न
दशौँ मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवसको अवसरमा भदौ २२ गते नेपाल भारत सीमा विराटनगरको रानी क्षेत्रमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । भारत तथा तेस्रो मुलुकमा लानका लागि प्रयोग गरीने बाटोको रूपमा रहेको रानी सीमा क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, सिविन, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, माइती…