पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग
पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले माघ १३ गते १० हजार रुपियाँ सहयोग गरेको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार गराइरहेकी मोतेलाई खर्च अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरेपछि…
माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । ६ जनाको समूहमा जिल्ला…
पूर्वाञ्चलमा नेतृत्व विकास तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २७ गते देखि मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत जिल्लास्तरमा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीका…
मानव अधिकार निगरानी समूहको पुनर्गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत मोरङ जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन गरिएको छ । विराटनगरमा पुस २० गते आयोजित कार्यक्रमबाट गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य त्रिलोक न्यौपानेको संयोजकत्वमा २३ सदस्यीय समूहको पुनर्गठन गरिएको हो…
मानव अधिकार रक्षक लोकतन्त्रका पनि रक्षकः प्याकुरेल
मानव अधिकार रक्षकहरू लोकतन्त्रका पनि रक्षक भएकाले लोकतन्त्रको रक्षाका लागि एकजुट हुन राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आह्वान गरेका छन् । मानव अधिकार रक्षकहरूको पूर्वाञ्चलस्तरीय दोश्रो सम्मेलनको पहिलो दिन मङ्सिर १४ गते भेलामा सम्बोधन गर्दै प्याकुरेलले सो आह्वान गरेका हुन् । अनौपचारिक क्षेत्र…
इन्सेकको समन्वयमा परियोजना व्यवस्थापन तथा श्रोत परिचालनसम्बन्धी तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा विराटनगरमा कात्तिक २३ गतेदेखि 'साझेदार संस्थाका प्रतिनिधिहरूलाई परियोजना व्यवस्थापन तथा श्रोत परिचालन'सम्बन्धी चार दिने तालिम सुरु गरिएको छ । नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजना अन्तर्गत यूरोपियन युनियनको सहयोग र…
सुस्त मनस्थितिबाट पीडित परिवारलाई आर्थिक सहयोग
इटहरा गाविसमा एकै परिवारका पाँचजना सदस्यहरू सुस्त मनस्थितिबाट पीडित भएका र आर्थिक अभावका कारण उनीहरूलाई खाद्यान्न र लत्ता कपडाकोसमेत समस्या भएपछि इन्सेक पूवाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको समन्वयमा डायनामिक मोरङ कमिटीले कात्तिक १९ गते ६१ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । दक्षिण कोरियामा रहेका मोरङका स्थानीयद्वारा गठित डायनामिक मोरङ…
प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप
सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले भने घटनाको अनुसन्धान भइरहेको, शङ्कास्पद व्यक्तिसमेत गिरफ्तार गरिएको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्ने बताए । मृतकका…
याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा
कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग गरिदिन इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आएर क्षेत्रीय कार्यालय संयोजकसमक्ष आग्रह गरेकी छन् । पीडित महिलाले आफूमाथि प्रहरीले गरेको यातना र अमानवीय कार्यविरुद्ध न्यायका लागि सहयोग गरिदिन इन्सेक क्षेत्रीय कार्यालयका संयोजक…
साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु
सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो समयदेखि साङ्लोमा बाँधेर राखेको थियो । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, राष्ट्रिय मानव अधिकार आयोग, कोकनलगायतका संस्थाको संयुक्त पहलमा विगत चार…