इन्सेकसहितको अधिकारकर्मीको टोलीद्वारा बाढी प्रभावितहरूको जानकारी सङ्कलन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, विराटनगरका प्रतिनिधिलगायत मोरङका मानव अधिकारकर्मीहरूको एक टोलीले मोरङमा वर्षाबाट भएको क्षतिबारे जानकारी सङ्कलन गर्ने क्रममा अविरल वर्षाको कारण मोरङमा १७ जनाको मृत्यु हुनुका साथै ३ हजार २ सय १ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला…
आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दाः सदस्य पाठक
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दा भएको बताएका छन् । १ नं. प्रदेश स्तरीय आप्रवासी कामदारहरूको मानव अधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्दै सदस्य पाठकले आप्रवासी कामदारको मानव अधिकार सङ्कटमा रहेको बताए । १ नं. प्रदेशका १३ जिल्लाका प्रहरी तथा प्रशासकीय अधिकृत, मानव…
मानव अधिकारको अवस्था समेटिएको स्थिति सूचक सार्वजनिक
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार २८ गते विराटनगरमा प्रदेश नम्बर १ का १४ ओटा जिल्ला र प्रदेश नम्बर २ का सप्तरी र सिरहा (साविक पूर्वाञ्चल)को मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया तथा स्थिति सूचक सार्वजनिक गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले इन्सेकले सार्वजनिक गरेको स्थिति सूचकले…
अधिकांश राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन
स्थानीय तहको निर्वाचनका क्रममा प्रदेश नम्वर एकका जिल्लाहरूमा असार ८ गते शान्तिपूर्ण रूपमा राजनीतिक दलहरूले प्रचारप्रसार गरेका छन् । प्रचारप्रसारका क्रममा अधिकांश जिल्लाहरूमा राजनीतिक दलका नेता कार्यकर्ताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता विपरीत चूनाव चिन्ह अङ्कित भेष्ट, टोपी, झण्डा, व्यानरलगायतका सामग्री प्रयोग गरेका छन् । प्रदेश नम्बर २ मा पर्ने सप्तरी…
मोरङमा मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ७१ घटना
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि समेटिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरमा असार ७ गते सरोकारवालाहरू बिच मानव अधिकार वर्ष पुस्तकका लागि १ जनवरी २०१७ देखि जुनसम्म समेटिएका घटनाहरूको पुर्व समीक्षा गरिएको हो । सो अवधिमा मोरङका ७१ ओटा घटनामा ७५ जना…
निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड दिन सबै लाग्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगले असार ५ गते आयोजना गरेको 'निर्वाचन र मानव अधिकार' विषयक अन्तरक्रिया कार्यक्रममा सदस्य पाठकले ब्यक्तिलाई जिम्मेवार बनाएर लागे मात्र आचारसंहिता सही रूपमा कार्यान्वयन हुने बताए…
बलात्कार गरेको कसुरमा ५ वर्षकैद सजाय
१७ वर्षीया बालिकालाई बलत्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले असार ५ गते जहदा गाउँपालिका-४ का ३८ वर्षीय गोपाल मुखियालाई ५ वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश फडिन्द्रप्रसाद पराजुली एकल इजलासले ५ वर्षकैद सजायसँगै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ-५ नम्बर इजलासका नायव सुब्बा युवराज कटुवालले…
बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान
स्थानीय शान्ति समिति मोरङले असार ५ गते विराटनगरमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ । स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र शान्ति समिति मोरङका संयोजक तथा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीले दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा मोरङका २३ जना…
छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा मनोनयन दर्ता
प्रदेश नम्बर एकमा पर्ने १४ ओटा जिल्लामा स्थानीय तह निर्वाचनका लागि असार ४ गते तय भएको मनोनयन छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदेश नम्वर दुईमा पर्ने सप्तरी र सिरहामा असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन सारिएका कारण सो जिल्लाहरूमा भने बढदो रूपमा रहेको राजनीतिक चहल पहल…
चुनाव हुन दिन्न भन्ने अधिकार कसैलाई छैनः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको मत हाल्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्न नमिल्ने बताएका छन् । विराटनगरमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार ३ गते आयोजना गरेको 'मानव अधिकार र निर्वाचन' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले चुनाव बहिष्कार गर्ने, मत नहाल्ने अधिकार भए पनि…