मानव अधिकारको अवस्था समेटिएको स्थिति सूचक सार्वजनिक

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार २८ गते विराटनगरमा प्रदेश नम्बर १ का १४ ओटा जिल्ला र प्रदेश नम्बर २ का सप्तरी र सिरहा (साविक पूर्वाञ्चल)को मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया तथा स्थिति सूचक सार्वजनिक गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले इन्सेकले सार्वजनिक गरेको स्थिति सूचकले…

२०७४ असार २८, बुधबार २१:२८ गते  
अधिकांश राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तहको निर्वाचनका क्रममा प्रदेश नम्वर एकका जिल्लाहरूमा असार ८ गते शान्तिपूर्ण रूपमा राजनीतिक दलहरूले प्रचारप्रसार गरेका छन् । प्रचारप्रसारका क्रममा अधिकांश जिल्लाहरूमा राजनीतिक दलका नेता कार्यकर्ताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता विपरीत चूनाव चिन्ह अङ्कित भेष्ट, टोपी, झण्डा, व्यानरलगायतका सामग्री प्रयोग गरेका छन् । प्रदेश नम्बर २ मा पर्ने सप्तरी…

२०७४ असार ९, शुक्रबार १५:४१ गते  
मोरङमा मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ७१ घटना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि समेटिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरमा असार ७ गते सरोकारवालाहरू बिच मानव अधिकार वर्ष पुस्तकका लागि १ जनवरी २०१७ देखि जुनसम्म समेटिएका घटनाहरूको पुर्व समीक्षा गरिएको हो । सो अवधिमा मोरङका ७१ ओटा घटनामा ७५ जना…

२०७४ असार ७, बुधबार २२:४७ गते  
निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड दिन सबै लाग्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगले असार ५ गते आयोजना गरेको 'निर्वाचन र मानव अधिकार' विषयक अन्तरक्रिया कार्यक्रममा सदस्य पाठकले ब्यक्तिलाई जिम्मेवार बनाएर लागे मात्र आचारसंहिता सही रूपमा कार्यान्वयन हुने बताए…

२०७४ असार ५, सोमबार २२:५४ गते  
बलात्कार गरेको कसुरमा ५ वर्षकैद सजाय

१७ वर्षीया बालिकालाई बलत्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले असार ५ गते जहदा गाउँपालिका-४ का ३८ वर्षीय गोपाल मुखियालाई ५ वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश फडिन्द्रप्रसाद पराजुली एकल इजलासले ५ वर्षकैद सजायसँगै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ-५ नम्बर इजलासका नायव सुब्बा युवराज कटुवालले…

२०७४ असार ५, सोमबार २१:५९ गते  
बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान

स्थानीय शान्ति समिति मोरङले असार ५ गते विराटनगरमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ । स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र शान्ति समिति मोरङका संयोजक तथा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीले दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा मोरङका २३ जना…

२०७४ असार ५, सोमबार २१:५६ गते  
छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा मनोनयन दर्ता

प्रदेश नम्बर एकमा पर्ने १४ ओटा जिल्लामा स्थानीय तह निर्वाचनका लागि असार ४ गते तय भएको मनोनयन छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदेश नम्वर दुईमा पर्ने सप्तरी र सिरहामा असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन सारिएका कारण सो जिल्लाहरूमा भने बढदो रूपमा रहेको राजनीतिक चहल पहल…

२०७४ असार ४, आईतवार २१:४८ गते  
चुनाव हुन दिन्न भन्ने अधिकार कसैलाई छैनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको मत हाल्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्न नमिल्ने बताएका छन् । विराटनगरमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार ३ गते आयोजना गरेको 'मानव अधिकार र निर्वाचन' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले चुनाव बहिष्कार गर्ने, मत नहाल्ने अधिकार भए पनि…

२०७४ असार ३, शनिबार २२:११ गते  
निर्वाचन कार्यालयमा ताला लगाउन खोजेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका १४ जना नेता कार्यर्तालाई प्रहरीले विराटनगरबाट असार २ गते गिरफ्तार गरेको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन अघि संविधान संशोधनको माग गर्दै बन्द हडतालसहितको आन्दोलन गर्दै आएको राजपाका कार्यकर्ताले…

२०७४ असार २, शुक्रबार २१:४२ गते  
मोरङमा ६५ ओटा मतदान स्थल अति सम्वेदनशील

मोरङका ६५ ओटा मतदान स्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । मोरङमा रहेका ३ सय मतदान स्थलमध्ये १ सय ४४ स्थल सम्वेदनशील रहेको र ८१ मतदान स्थल सामान्य रहेको जनाएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको…

२०७४ असार २, शुक्रबार २१:३५ गते