सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असोज २४ गते विराटनगरमा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको छ । बैठकमा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम (इएलपी) अन्तरगत मोरङको जहदा गाउँपालिका वडा नम्बर १,२ र ३ मा सञ्चालन भइरहेको कार्यक्रमको…

२०७४ आश्विन २४, मंगलवार २०:१६ गते  
मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाहरूले मानसिक स्वास्थ्यको क्षेत्रमा अस्पताल र चिकित्सक पनि नगन्य रूपमा हुनुले सरकार गम्भीर नभएको…

२०७४ आश्विन २४, मंगलवार १५:५५ गते  
मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५ वर्षीया दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवरलाई असोज १९ गते प्रहरीले गिरफ्तार गरेको छ । दलित समुदायकी १४ वर्षीया बालिकामाथि आरोपितद्वयले करिव ५/६ सय रुपियाँ चोरी गरेको आरोप लगाउँदै…

२०७४ आश्विन २०, शुक्रबार १५:३८ गते  
निष्पक्ष छानबिन गरी सिफारिस गर्न आयोगलाई द्वन्द्व पीडितहरूको आग्रह

द्वन्द्वको समयमा भएका घटनाहरूको सम्बन्धमा निष्पक्ष रूपमा छानविन गरेर सिफारिस गर्न द्वन्द्व पीडितहरूले असोज ४ गते सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आग्रह गरेका छन् । द्वन्द्व पीडित साझा चौतारीले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र द्वन्द्वोत्तर अवस्थामा दिगो शान्तिका चुनौती विषयक छलफल कार्यक्रममा द्वन्द्व पीडितहरूले सत्य…

२०७४ आश्विन ५, बिहीबार १९:५५ गते  
बाढी प्रभावितहरूका लागि एकीकृत जनस्वास्थ्य अभियान संचालन

बाढीबाट प्रभावित भएका व्यक्तिहरूमा छाला चिलाउने र प्रदुषित पानीको प्रयोगबाट विभिन्न रोगहरू देखिन थालेपछि मोरङमा बाढी प्रभावितहरूका लागि स्वास्थ्य जाँच सुरू गरिएको छ । मोरङको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले एकीकृत जनस्वास्थ्यको नामबाट स्वास्थ्य जाँचको अभियान सुरू गरेको हो । बाढीबाट विभिन्न सङ्क्रमण देखिएकाले महामारीको रूपमा रोग फैलन…

२०७४ भाद्र १९, सोमबार २१:२५ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मोरङले भदौ १५ गते १७ वर्षीय बालकलाई ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले ६ वर्षकैद सजायसँगै पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ पाँच नम्बर इजलासका नायव सुब्बा युवराज कटुवालले बताए । पीडित बालिकालाई…

२०७४ भाद्र १६, शुक्रबार १६:०६ गते  
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले कि सरकारले बेपत्ता पारिएका व्यक्तिको काजक्रिया गर भन्नुपर्ने कि तुरून्त अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते विराटनगरमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा बेपत्ता पारिएका…

२०७४ भाद्र १५, बिहीबार ०९:५० गते  
इन्सेकको सहकार्यमा राहत वितरण

लोहन्द्रा खोलाको डुबानबाट पीडित भएका जहदा गाउँ पालिका-७ का २ सय ८० परिवारलाई भदौ १३ गते राहत सामग्री वितरण गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र ओरेक विराटनगरको समन्वयमा जहदा गाउँपालिका-७ स्थित महादेवटोलका बाढी पीडितलाई राहत प्रदान गरिएको हो । राहत नपाएको गुनासो गर्दै आएका उनीहरूलाई म्याट्रेस, ब्ल्याङ्केट, झुल,…

२०७४ भाद्र १४, बुधबार १४:३२ गते  
इन्सेकसहितको अधिकारकर्मीको टोलीद्वारा बाढी प्रभावितहरूको जानकारी सङ्कलन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, विराटनगरका प्रतिनिधिलगायत मोरङका मानव अधिकारकर्मीहरूको एक टोलीले मोरङमा वर्षाबाट भएको क्षतिबारे जानकारी सङ्कलन गर्ने क्रममा अविरल वर्षाको कारण मोरङमा १७ जनाको मृत्यु हुनुका साथै ३ हजार २ सय १ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला…

२०७४ श्रावण ३१, मंगलवार २२:४२ गते  
आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दाः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रवासी कामदारको मानव अधिकार संरक्षण प्रमुख मुद्दा भएको बताएका छन् । १ नं. प्रदेश स्तरीय आप्रवासी कामदारहरूको मानव अधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्दै सदस्य पाठकले आप्रवासी कामदारको मानव अधिकार सङ्कटमा रहेको बताए । १ नं. प्रदेशका १३ जिल्लाका प्रहरी तथा प्रशासकीय अधिकृत, मानव…

२०७४ श्रावण १६, सोमबार २०:०९ गते