निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७४ कात्तिक ३० गते निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताए । संयोजक…
आचारसंहिता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी
कटहरी गाउँपालिका-२ का वडा अध्यक्ष किशोरकुमार पाण्डेसहित सदस्यहरू कला राजवंशी र कल्पना कोइरालाले गाउँपालिकामार्फत बाढी पीडित राहत कोषको रकम नेपाली काङ्ग्रेस समर्थकलाई मात्र वितरण गरेको आरोपमा उनीहरूविरूद्ध ०७४ कात्तिक २० गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी परेको छ । निर्वाचनको समयमा मत प्रभावित पार्ने गरी एउटा पार्टी निकटका व्यक्तिलाई मात्र…
मोरङमा आचारसंहिता उल्लङ्घनका तीन घटना
निर्वाचन नजिकिएसँगै मोरङमा निर्वाचन आचारसंहिता उल्लङघनका तीन ओटा उजुरी परेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा हालसम्म तीन ओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । मोरङको क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका डिगबहादुर लिम्बूले आफ्नो क्षेत्र भित्र पर्ने साविक रमिते खोला गाविसमा सोलार…
आचारसंहिता विपरीत स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै उजुरी
निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरीत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील शर्मा न्यौपानेविरुद्ध नेकपा एमालेको अगुवाइमा बाम गठबन्धनले कात्तिक १७ गते उजुरी गरेको छ । बाम गठबन्धनका तर्फबाट मोरङ-३ का प्रतिनिधि सभाका उम्मेदवार रहेका एमालेका…
इन्सेकद्वारा विर्तामोड घटनाको छानबिन गर्न माग
विर्तामोडमा एक जना सर्वसाधारणको ज्यान जाने गरी भएको घटनाको भर्त्सना गर्दै निश्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन इन्सेकले माग गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाद्वारा हस्ताक्षर गरी कात्तिक १२ गते जारी विज्ञप्तिमा आक्रोशित र अनियन्त्रित भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरिएको र बिना…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केरावारी गाउँपालिका-६ का २२ वर्षीय गणेश बिकविरुद्ध कारबाहीको माग गर्दै पीडितका आफन्तले असोज २६ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २६ गते धरानस्थित…
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असोज २४ गते विराटनगरमा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको छ । बैठकमा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम (इएलपी) अन्तरगत मोरङको जहदा गाउँपालिका वडा नम्बर १,२ र ३ मा सञ्चालन भइरहेको कार्यक्रमको…
मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाहरूले मानसिक स्वास्थ्यको क्षेत्रमा अस्पताल र चिकित्सक पनि नगन्य रूपमा हुनुले सरकार गम्भीर नभएको…
मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५ वर्षीया दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवरलाई असोज १९ गते प्रहरीले गिरफ्तार गरेको छ । दलित समुदायकी १४ वर्षीया बालिकामाथि आरोपितद्वयले करिव ५/६ सय रुपियाँ चोरी गरेको आरोप लगाउँदै…
निष्पक्ष छानबिन गरी सिफारिस गर्न आयोगलाई द्वन्द्व पीडितहरूको आग्रह
द्वन्द्वको समयमा भएका घटनाहरूको सम्बन्धमा निष्पक्ष रूपमा छानविन गरेर सिफारिस गर्न द्वन्द्व पीडितहरूले असोज ४ गते सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आग्रह गरेका छन् । द्वन्द्व पीडित साझा चौतारीले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र द्वन्द्वोत्तर अवस्थामा दिगो शान्तिका चुनौती विषयक छलफल कार्यक्रममा द्वन्द्व पीडितहरूले सत्य…