मोरङमा मानव अधिकार उलङघनका १ सय २४ घटना

मोरङमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि समेटिएको घटनाहरूको प्रकाशन पूर्व  वार्षिक समीक्षा कार्यक्रममा १ सय २४ ओटा घटना सार्वजनिक गरिएको छ । पुस १२ गते विराटनगरमा आयोजित कार्यक्रममा वर्षपुस्तकका लागि १ जनवरी २०१७ देखि डिसेम्बर महिनासम्म समेटिएका घटनाहरूको समीक्षा गरिएको हो । सो अवधिमा मोरङमा १ सय २४ ओटा…

२०७४ पुष १२, बुधबार २०:२७ गते  
बलात्कार गरेको ठहरसहित आठ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेर एघार वर्षदेखि 'फरार भएका' मोरङ बुढीगङ्गा गाउँपालिका-४ का ३३ वर्षीय सञ्जय माझी मङ्सिर २८ गते कारागार चलान भएका छन । जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले ०७३ फागुन २२ गते नै आठ वर्षकैद फैसला भएकोले फैसला कार्यान्वयन गरिएको बताए । जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश…

२०७४ मंसिर २९, शुक्रबार २१:०६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनामा फरार आरोपित बुढीगङ्गा गाउँपालिका-४ मोरङका ३३ वर्षीय सञ्जय माझीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०६३ पुस १५ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङमा फरार आरोपितको सूचीमा रहेका माझीलाई मङ्सिर २८ गते जिल्ला अदालतमा पेश गरिने…

२०७४ मंसिर २८, बिहीबार २१:०९ गते  
आचारसंहिता विपरीत मत मागेको भन्दै उजुरी

आचारसंहिता विपरीत मत माग्दै हिँडेको भन्दै मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका शेखर कोइराला विरुद्ध मङ्सिर २० गते उजुरी परेको छ । निर्वाचन शुरु हुनु एक दिन अगाडि मौन अबधिमा मङ्सीर २० गते विराटनगर महानगरपालिका–५  त्रिमुर्ती चोकमा मत मागेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय मोरङमा उजुरी परेको…

२०७४ मंसिर २०, बुधबार २३:०० गते  
इन्सेक अध्यक्ष प्याकुरेलद्वारा निर्वाचन सुरक्षाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मोरङमा निर्वाचन सुरक्षा र तयारीबारे मोरङका सरकारी निकायसँग जानकारी लिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचन तयारीबारे जानकारी लिएका हुन् । भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा सुरक्षा अवस्था…

२०७४ मंसिर १९, मंगलवार २०:३९ गते  
निर्वाचन आचारसंहिता उल्लङघन् गर्दै दलहरू

मौन अवधि सुरू हुन केही समय मात्र बाँकी हुँदा पनि मोरङमा राजनितिक दलहरूले आचारसंहिता विपरीत प्रचारप्रसार गरिरहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयमा भएको सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका उनीहरूले आफैँ आचारसंहिता उल्लङघन् गरेका छन् । सबै जसो दलहरूले सवारी साधनमा साउण्ड सिष्टम राखेर ठूलाठूला ब्यानर टाँसेर…

२०७४ मंसिर १८, सोमबार २१:४९ गते  
शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छैनः अध्यक्ष प्याकुरेल

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन केन्द्रीत शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको आरोप लगाएका छन् । विराटनगरमा मङ्सिर १६ गते आयोजित एक कार्यक्रममा अध्यक्ष प्याकुरेलले दुई महिना यता दिनैपिच्छे बम पड्कने घटना भइरहँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको आरोप लगाएका हुन् । उनले निर्वाचनका समयमा पनि उम्मेदवारलाई सुरक्षा प्रदान गर्न…

२०७४ मंसिर १६, शनिबार १९:४३ गते  
मोरङमा ५१ मतदानस्थल अति सम्वेदनशील

मोरङमा निर्वाचन सुरक्षाका हिसावले ५१ ओटा मतदानस्थल अति सम्वेदनशील रहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले ३ सय मतदानस्थलमा ५१ मतदान स्थल अति सम्वेदनशील रहेको बताए । त्यसैगरी ९९ मतदानस्थल सम्वेदनशील र १ सय ५० मतादानस्थल सामान्य रहेको समेत प्रमुख सञ्जेलले बताए । जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्थालाई…

२०७४ मंसिर १५, शुक्रबार २०:२७ गते  
आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मोरङको विभिन्न स्थानमा राखेको प्रचार सामग्री निर्वाचन कार्यालयले हटाउन सुरू गरेको छ । मङ्सिर ११ गते केरावारी गाउँपालिका, बेलवारी, पथरीलगायतका स्थानमा राखिएका प्रचार सामग्री हटाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीको प्रयोग गरेका…

२०७४ मंसिर ११, सोमबार २१:११ गते  
मोरङका दुई ठाउँमा आठ ओटा बम फेला

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट मङ्सिर ११ गते मोरङका दुई ठाउँमा आठ ओटा बम फेला परेका छन् । विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला परेका हुन् । विराटनगर-४ स्थित हाम्रो अस्पताल प्रा.ली नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो डिस्पोज गरेको छ…

२०७४ मंसिर ११, सोमबार २१:०९ गते