बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई कचनकवल ७ को पाठामारी नाकाबाट भारतको किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज रेल्वेतर्फो बाटोबाट बेचबिखनका लागि भारत लैजान प्रयास गरेको आरोपमा प्रहरीले कचनकवल गाँउपालिका-७ का ३२ वर्षीय हर्कबहादुर लिम्बू र सोही ठाँउका २८ वर्षीय अम्मरबहादुर भुजेललाई चैत २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मे ८ प ९९६ नम्बरको…

२०७४ चैत्र ३०, शुक्रबार २२:०४ गते  
अज्ञात समूहद्वारा पुराणवाचक स्वामीमाथि गोली प्रहार

पुराणवाचनका लागि विराटनगरमा आएका ५० वर्षीय स्वामी श्रीनिवास आचार्यलाई चैत २५ गते बिहान अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन् । गोली लागेका आचार्यको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार विसीले बताए । आचार्यको दाहिने कुममा गोली लागेको समेत एसपी बिसीले बताए । घाइते स्वामी…

२०७४ चैत्र २५, आईतवार २१:४३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी…

२०७४ चैत्र २२, बिहीबार १५:०४ गते  
अदालत परिसरबाटै गिरफ्तार गरिएका नेकपाका कार्यकर्ता झापामाः आयोग

सुनसरीको जिल्ला अदालत परिसरबाट गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना कार्यकर्ताहरू झापामा रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको क्षेत्रीय कार्यालय विराटनगरका मानव अधिकार अधिकृत सन्तोष आचार्यसहितको टोलीले चैत २० गते झापा प्रहरीको नियन्त्रणमा रहेका सो पार्टीका कार्यकर्ताहरूको अवस्था बुझेपछि यस्तो जानकारी दिएको हो ।…

२०७४ चैत्र २१, बुधबार १६:३० गते  
अदालत परिसरबाटै पाँच जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई सुनसरी प्रहरीले जिल्ला अदालत परिसरबाटै चैत १८ गते गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरण मुद्दामा कानुन व्यवसायीको जिम्मा रहनेगरी सुनसरी जिल्ला अदालतले रिहा गरे लगत्तै उनीहरूलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो । न्यायाधीश विनोदकुमार गौतमको इजलासले गिरफ्तार गरिएका ६ जनामा नन्दु थापा…

२०७४ चैत्र १९, सोमबार १४:५५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलवारी नपा-९ का ७२ वर्षीय फुदन ऋषिदेव र बेलवारी नपा-५ का ४१ वर्षीय टेकबहादुर लिम्बूलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

२०७४ चैत्र १८, आईतवार २१:१४ गते  
आइरनले डामेको आरोपमा आमाविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीय समीप काफ्लेलाई आइरनले डामेर यातना दिएको आरोपमा विराटनगर मनपा-३ की ३२ वर्षीया  सरला पौडेल (काफ्ले) विरूद्ध चैत १४ गते प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी अरूण विसीले बताए । विराटनगरस्थित अन्नपुर्ण एकेडेमीमा पढ्दै गरेका समीपको शरीरभरी निलडाम देखेर चैत १३ गते  शिक्षकले सोधपुछ गर्दा आमाले आइरनले डामेको…

२०७४ चैत्र १४, बुधबार २१:२४ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैत ६ गते बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजिव ठाकुरविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले गत फागुन २० गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । पीडित बालिकालाई आरोपितले घटना सार्वजनिक…

२०७४ चैत्र ६, मंगलवार १३:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई चैत १ गते उर्लाबारीबाट गिरफ्तार गरेको छ । प्रहरीले उर्लाबारी नपा-४ का ३७ वर्षीय दीलिप माझी, सोही ठाँउका २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दासलाई गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितहरूले फागुन…

२०७४ चैत्र १, बिहीबार २१:५२ गते  
महिला मृतावस्थामा फेला, पति फरार

लेटाङ नपा-२ बुधबारेकी ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी राससले जनाएको छ । गएराति पतिसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर खगेन्द्र…

२०७४ फाल्गुन २७, आईतवार २१:०२ गते