बलात्कारका घटनामा सम्वेदनशील हुन आग्रह गर्दै सिडिओलाई ज्ञापनपत्र

बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै मोरङका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई भदौ ७ गते ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, ओरेकलगायत अधिकारको क्षेत्रमा कामगर्ने सङ्घसंस्थाका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले केही दिनअघि १४ वर्षीया बालिका आफैँ जिल्ला प्रहरी…

२०७५ भाद्र ९, शनिबार ०९:२० गते  
जनप्रतिनिधि र निगरानी समितिका सदस्यलाई क्षमता अभिबृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा जहदा गाउँपालिकास्थित मानव अधिकार निगरानी समितिका सदस्य तथा जनप्रतिनिधिहरूलाई दुई दिने क्षमता अभिबृद्घि तालिम भदौ ५ गते सम्पन्न गरिएको छ । इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) सञ्चालन भएको जहदा गाउँपालिका…

२०७५ भाद्र ६, बुधबार ११:२५ गते  
खुकुरी प्रहार गरी पत्नी र छोरीको हत्या प्रयास, आरोपित गिरफ्तार

पत्नी र छोरीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सिरहा गोलबजारका ४५ वर्षीय दीलिप सहनीलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ । दुई सातायता विराटनगर मनपा-११ स्थित माइतीघरमा बस्दै आएकी पत्नी र छोरी लिन सिरहाबाट विराटनगर आएका आरोपितले उनीहरू फर्कन नमानेको रिसमा भदौ ५ गते खुकुरी प्रहार गरेको…

२०७५ भाद्र ६, बुधबार १०:०४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित महिलाको साउन…

२०७५ श्रावण ३१, बिहीबार १०:५६ गते  
विराटनगर महानगरपालिका भवन भित्र सकेट बम विष्फोट

विराटनगर महानगरपालिका भवन भित्र साउन २७ गते सकेट बम विष्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विष्फोट भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । मेयर पराजुलीले बम विष्फोट कसले र किन गराएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । भवनको दोस्रो तल्लामा रहेको मेयर…

२०७५ श्रावण २८, सोमबार १२:०५ गते  
रेल्वे ट्रयाकको कल्भर्टमा अपरिचित युवतीको शव फेला

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा साउन १८ गते अन्दाजी २२ वर्षीया अपरिचित युवतीको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ । स्थानीयबासीले नग्न अवस्थामा युवतीको शव पानीमा डुबेको सूचना दिएपछि प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ । तराईमुलको जस्तो देखिने…

२०७५ श्रावण १९, शनिबार २०:२७ गते  
यौन दुर्व्यवहार आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का शम्भु पाण्डेविरूद्ध पीडितका आफन्तले साउन १७ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको पीडितका बावुले जानकारी दिएका छन् । छोरीमाथि ‘बलात्कार प्रयास’ हुँदा आरापितलाई सहयोग गरेको भन्दै पीडितका बावुले…

२०७५ श्रावण १९, शनिबार २०:१८ गते  
बौद्धिक अपाङ्गता भएका बालक सात वर्षदेखि साङ्लोमा

बौद्धिक अपाङ्गता भएका नौ वर्षीय बालक सात वर्षदेखि डोरीले बाँधेर चिसो भुइँमा बस्न बाध्य भएका छन् । विराटनगर महानगरपालिका–५ का अर्जुन कालाखेतीलाई अभिभावकले सात वर्षदेखि डोरीले बाँधेर राख्ने गरेका हुन् । फोहोर खाने तथा बाहिर निस्किएर भुइँमा लड्ने हुनाले बाँधेर राख्ने गरेको बताउँदै आमा कमलाले भनिन्–‘अरूको घरमा गएर काम गरेर…

२०७५ श्रावण १६, बुधबार १९:०२ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नपा–८ का ३६ वर्षीय अमद चुरौटेलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । पीडित महिलाको…

२०७५ श्रावण १२, शनिबार ११:४६ गते  
रोम विधानको पक्ष राष्ट्र बन्न दबाबस्वरूप प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न आग्रह गर्दै इन्सेक विराटनगर कार्यालयको अगुवाइमा मोरङका विभिन्न सङ्घ-संस्थाहरूले साउन १ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अधिकारको क्षेत्रमा काम गर्ने १२ वटा भन्दा बढी सङ्घसंस्थाले संयुक्त रूपमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका…

२०७५ श्रावण २, बुधबार ०९:५९ गते