प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट ७ सय ५० जना पीडित
अनौैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले मङ्सिर १९ गते विराटनगरमा मानव अधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएको घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा समेत गरिएको छ । तथ्याङक अनुसार सन् २०१८…
अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा नौ वर्ष कैद फैसला
भारतीय नागरिकलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती मागेको कसुरमा सुन्दरहरैँचा नगरपालिका–१ का ३९ वर्षीय टिकाराम खवास र सोही नपा–९ का ५७ वर्षीय नारायण शाह तेलीलाई जिल्ला अदालतले मङ्सिर १० गते जनही ९/९ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ०७४ माघ २४ गते ६ जना भारतीय…
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सुनवर्षी नगरपालिका–५ का ५८ वर्षीय राजेन्द्र शर्मालाई जिल्ला अदालतले मङ्सिर ६ गते पाँच वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले शर्मालाई कैदसँगै २० हजार रुपियाँ पीडितलाई उपलब्ध गराउने गरी क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार इश्वरमणी ओझाले बताए । पीडित महिलालाई शर्माले…
बालबालिकालाई क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत मङ्सिर २ गतेदेखि दुई दिने क्षमता अभिवृद्धि तालिम विराटनगरमा सञ्चालन गरिएको छ । बाल अधिकार चेतना समूहका पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । मङ्सिर ३ गतेसम्म सञ्चालन…
मोरङमा १ सय ३५ घटनामा १ सय ७१ जना पीडित
मोरङमा मानव अधिकार वर्ष पुस्तकका लागि समेटिएका घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम कात्तिक ३० गते विराटनगरमा सम्पन्न भएको छ । विराटनगरमा सरोकारवालाहरूबीच नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सन् २०१८ को १ जनवरीदेखि हालसम्म समेटिएका घटनाहरूको पूर्व समीक्षा गरिएको हो । सो अवधिमा मोरङमा १ सय ३५ ओटा घटना…
बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला
मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला की ४४ वर्षीया शान्तिकला तामाङको बलात्कारपछि हत्या गरेको आरोपमा जिल्ला अदालत मोरङले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले कात्तिक २८ गते जन्मकैदको फैसला गरेको नावयसुब्बा रूद्र खड्काले जानकारी दिए । ०७४ फागुन २० गते आइतबार…
कुटपिट घटनाका आरोपित पति र आमाजु गिरफ्तार
विराटनगर महानगरपालिका–१ की २९ वर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय पति खगेन्द्र घिमिरे र ४० वर्षीया आमाजु होमा घिमिरेलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । कात्तिक २५ गते राति परिवारका सदस्य मिलेर कुटपिट गरेपछि पति र आमाजुलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना…
कारागारभित्र आमासँगै रहेका बालबालिका शिक्षाबाट वञ्चित
विराटनगर स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी जीवन बिताइरहेका आमासँग बसेका बालबालिका शिक्षा लिनबाट वञ्चित छन् । विद्यालय जाने उमेर भएपनि नजिकै विद्यालय नहुँदा र भएका विद्यालयमा पनि जाने वातावरण नभएका कारण उनीहरू औपचारिक शिक्षा लिनबाट वञ्चित भएका हुन् । सरकारले बालबालिकाका लागि विद्यालय जाने उमेर भन्दा अगाडि बाल स्याहार केन्द्र,…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पथरी शनिश्चरे नपा–९ का २१ वर्षीय राजकुमार माझी र सोही नपा–१ का २२ वर्षीय मनोज राईलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते सामूहिक बलात्कार गरेको पीडितका आफन्तले आरोप लगाएका छन् । पीडित बालिका रातभर परिवारको सम्पर्क…
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–८ का ३६ वर्षीय बच्चु भनिने अहमद चुरौटेलाई असोज २१ गते पाँच वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले कैदसँगै पीडितले पाउने गरी २० हजार रुपियाँ पीडकले क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला भएको अदालतका नायब सुब्बा श्याम ओझाले…