बलात्कारसम्बन्धी मुद्दा मुल्तवीमा राख्न आदेश

१८ वर्षीया युवतीलाई बलात्कार गरेको सम्बन्धी मुद्दा मुतल्वीमा राख्ने जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको ०८१ असोज ८ गतेको इजलासले भारत स्थायी घर भएका ४० वर्षीय मोहम्मद ओसीम उद्दिन साहको मुद्दा मुल्तवीमा राख्ने आदेश दिएको हो । १८ वर्षीया युवतीलाई पटक-पटक र अन्तिम पटक ०७८…

२०८१ आश्विन ९, बुधबार ०९:३० गते  
पाँच ओटा विधेयक पारित गर्दै कोशी प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश सरकारको ०८१ असोज ४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन असोज ४ गते मध्यरातिदेखि  अन्त्य गर्नुभएको हो । अधिवेशनले आर्थिक वर्ष २०८१-८२ को सेवा र कार्यको लागि कोशी प्रदेश…

२०८१ आश्विन ६, आईतवार १५:०५ गते  
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका-७ स्थित मायालु चोकका ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय रविन राईलाई असोज ६ गते गिरफ्तार गरेको छ । ससुराको हत्या गरेको आरोपमा रविनलाई ०८१ असोज ६ गते धनकुटाको मूलघाटबाट अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी मोहनविक्रम दाहालले…

२०८१ आश्विन ६, आईतवार १२:३५ गते  
संविधानले व्यवस्था गरेका अधिकार माग गर्दै कोशी प्रदेश सरकारद्वारा सङ्घीय सरकारलाई पत्र

संविधानले व्यवस्था गरेका अधिकार माग गर्दै कोशी प्रदेश सरकारले सङ्घीय सरकारलाई पत्र पठाएको छ । सङ्घीय  सरकारलाई कोशी प्रदेशले १० ओटा अधिकार माग गर्दै पत्र पठाएको छ । प्रदेशस्तरीय विकास समस्या समाधान समितिले राष्ट्रिय विकास समस्या समाधान समितिलाई संविधानले तोकेका  १० ओटा अधिकार माग गर्दै ०८१ असोज ४ गते पत्र…

२०८१ आश्विन ६, आईतवार ०८:४० गते  
ज्येष्ठ नागरिकको शङ्कास्पद अवस्थामा शव फेला

पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । टाउको र चिउँडोमा धारिलो हतियारले चोट लागेको अवस्थामा चन्द्रबहादुरको ०८१ असोज ५ गते घरभित्रै शव फेला परेको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी मोहनविक्रम दाहालले बताउनु भयो । घटना भएलगत्तै मृतकका…

२०८१ आश्विन ६, आईतवार ०८:२७ गते  
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला

उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको ०८१ भदौ ३१ गतेको इजलासले कसुर गरेको ठहर…

२०८१ भाद्र ३१, सोमबार २०:४२ गते  
कोशीका प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिरमा उप-निर्वाचन हुने

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा आगामी ०८१ मङ्सिर १६ गते निर्वाचनका लागि मिति तय गरेको छ । मन्त्रीपरिषद्को ०८१ भदौ ३० गतेको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निणर्य गरेको हो । कोशी प्रदेशका झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८…

२०८१ भाद्र ३१, सोमबार १०:०९ गते  
वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । रतुवामाई मानवअधिकार समूह मोरङको आयोजनामा मोरङको इटहरामा भदौ २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह गनगाईले इन्सेकले रतुवामाई नगरपालिकामा वातावरणको सवालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रले वातावरणका सवालमा नगरपालिकालाई योजना बनाउन र…

२०८१ भाद्र २८, शुक्रबार १०:२३ गते  
अदालतबाट मृत्युको न्यायिक घोषणा, २२ वर्षपछि काजकिरिया

“पार्टी कामको लागि सुनसरी जिल्ला खनार गाविस गएको समयमा सुरक्षाफौज इटहरीले गिरफ्तार गरी बेपत्ता पारेको थियो । हसनदह गाविस १ निवासी नेकपा माओवादी कार्यकर्ता लक्ष्मी खतिवडा कामको सिलसिलामा सुनसरी जिल्लास्थित खनार गाविस गएको अवस्थामा ०५९ भदौ २५ इटहरीको सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता बनाए । पीडितको अवस्था हालसम्म अज्ञात छ ।”…

२०८१ भाद्र २६, बुधबार १४:४५ गते  
अनशनस्थलमा प्रहरीको हस्तक्षेप, दुई जना घाइते

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारविरूद्ध थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा केदार कार्कीका स्वकीय सविच विराटनगर महानगरपालिका-४ का ४५ वर्षीय दिवस राजवंशी, नेपाल विद्यार्थी सङघ जिल्ला समिति सदस्य, विराटनगर महानगरपालिका-३ का २३ वर्षीय सञ्जोग गौतम घाइते भएका छन् ।…

२०८१ भाद्र २६, बुधबार १२:५७ गते