मोरङ कारागारमा एक जना कैदीको मृत्यु

जिल्ला कारागारका कैदी पथरी शनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा ०८१ जेठ ८ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । बिहान ११ बजे खाना खाइसकेपछि अस्वस्थ्य भएका थापाको उपचारका क्रममा कोशी अस्पतालमा जेठ ८ गते मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताउनु भयो । मुटु सम्बन्धी…

२०८१ जेष्ठ ८, मंगलवार २०:१९ गते  
अस्पताल निर्माण अलपत्र

सरकारले निर्माण गर्ने भनेका आधारभूत अस्पताल निर्माणको कार्य सोलखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग र उदयपुरमा अलपत्र परेको छ । सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ०७७ मङ्सिर १५ गते ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन् । नेपालको…

२०८१ जेष्ठ ८, मंगलवार १६:३४ गते  
मोसो दलेको आरोपमा पाँच जना गिरफ्तार

सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-१२ स्थायी घर भइ हाल मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय ज्येष्ठ नागरिक हरिबहादुर विष्ट र उहाँकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट) लाई जेठ ४ गते  मोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बेलबारी…

२०८१ जेष्ठ ७, सोमबार १३:२९ गते  
जिल्लाको मानव अधिकार अवस्था बारे इन्सेकको अनुगमन

अनौचपारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालयले सङ्खुवासभा र भोजपुरको मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय प्रमुख सोमराज थापाले सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ, इन्स्पेक्टर रामकुमार लामिछानेलाई भेटी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिएको बताउनु भयो…

२०८१ जेष्ठ ७, सोमबार १२:५४ गते  
कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ । खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या भएको छ । १ सय ३० जना कैदीको क्षमता भएको कारागारमा हाल १ सय ५३ जना  कैदीबन्दी राख्नु परेको कारागारका जेलर…

२०८१ जेष्ठ ४, शुक्रबार १५:४६ गते  
कोशी सरकारविरूद्ध इन्सेकको रिट निवेदनमाथि कारबाही, उच्च अदालतद्वारा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय र अधिवक्ता सोमराज थापाले कोशी प्रदेश सरकारविरूद्ध उच्च अदालत, विराटनगरमा दायर गरेको रिट निवेदनमाथि अदालतले कारबाही गरेको छ । उच्च अदालत, विराटनगरले १५ दिनभित्र लिखित जवाफ पेश गर्न कोशी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जेठ २ गते आदेश दिएको छ । इन्सेक…

२०८१ जेष्ठ २, बुधबार २१:२९ गते  
प्रहरीको गोली प्रहारबाट एक जना भारतीय नागरिक घाइते

प्रहरीको गोली प्रहारबाट भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजन घाइते भएको प्रहरीले जनाएको छ । रतुवामाई नगरपालिका-६ कादुपाडामा प्रहरीले ०८१ जेठ १ गते चलाएको गोली खुट्टामा लागि हरिजन घाइते भएको इलाका प्रहरी कार्यालय, सिजुवाका इन्स्पेक्टर दीपक खरेलले बताउनु भयो । १ सय ५८ ग्राम ब्राउनसुगर तस्करी गरी भारततर्फ गइरहेको अवस्थामा…

२०८१ जेष्ठ १, मंगलवार १६:२० गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्याको गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पदमबहादुर तामाङलाई वैशाख २१ गते गिरफ्तार गरेको छ । घरायसी  विवादका क्रममा ०८१ वैशाख १९ गते कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पदमबहादुरलाई वैशाख २१ गते सुन्दरहरैँचा नगरपालिका-५ बुढी खोलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…

२०८१ बैशाख २२, शनिबार १३:५६ गते  
महिलाको शव फेला, पति फरार

सुन्दरहरैँचा नगरपालिका-५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्याको गरेको आरोप लागेका ५० वर्षीय पति पदमबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ । मनमायाको शव ०८१ वैशाख २० गते घरभित्र अर्धनग्न र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो । घरायसी विवादका क्रममा पदमबहादुरले ०८१ वैशाख १९ गते…

२०८१ बैशाख २१, शुक्रबार ०७:५३ गते  
छोरीलाई घाइते बनाएको आरोपमा बाबु गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरकी १८ वर्षीया नम्रता झाँगडलाई घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय बाबु तेजबहादुर झाँगडलाई गिरफ्तार गरेको छ । खाना पकाउने विषयमा विवाद भएपछि बाबुले ०८१ वैशाख ९ गते छोरीको कराहीले हिर्काएर दाँत झारिदिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । कराहीले हिर्काउँदा नम्रताको अगाडिको दाँत झरेको…

२०८१ बैशाख १०, सोमबार १९:१० गते