मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्लामा प्रभावहीन
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लामा गठन गरिने समितिहरू गठन नभएको र गठन भएका समेत निश्कृय एवम् प्रभावहीन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आर्थिक वर्ष ०७७-०७८ देखि आर्थिक वर्ष ०८१-०८२ सम्म…
पत्नी हत्या आरोपमा पतिसहित तीन जना गिरफ्तार
विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियङ्का सुनास साहको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति रमेश साहसहित थप तीन जनालाई फागुन ८ गते गिरफ्तार गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द साह र सोही ठाउँका ३५ वर्षीय उमेश सरदार र ६३ वर्षीय श्रीराम…
सन् २०२२ मा प्रदेश १, मा मानव अधिकारका घटनामा ९ सय ७० जना पीडित
सन् २०२२ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएको इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । फागुन ८ गते विराटनगरमा आयोजित सन् २०२२ मा प्रदेश १ को मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रम तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रममा प्रदेश…
ज्येष्ठ नागरिक हत्या कसुरमा दुई वर्ष कैद सजायको फैसला
बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय ज्येष्ठ नागरिक जयबहादुर कार्कीको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१ वर्षीय छोरा बासुदेव कार्कीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको माघ २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले…
प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन
मानव अधिकार निगरानी समूह मोरङका पूर्व जिल्ला अध्यक्ष त्रिलोक न्यौपानेको अध्यक्षतामा प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयले ०७९ माघ २६ गते विराटनगरमा प्रदेशस्तरीय मानवअधिकार सञ्जान गठन र छलफल कार्यक्रम आयोजना गरी प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको हो । सञ्जालको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिकाका ५८ वर्षीय ससुरालाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले धम्की दिएर ०७८ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ माघ २४ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी…
उपचारमा लापरबाही गरेको आरोपमा चिकित्सकमाथि कुटपिट
मोरङ जहदा गाउँपालिका–३ भाथिगछकी २६ वर्षीया उमा मुखियाको १८ दिने छोरीलाई उपचारका क्रममा कोशी अस्पतालका चिकित्सक डाक्टर आकाश यादवले जीवित शिशुलाई माघ ४ गते मृत घोषणा गरी दिएपछि चिकित्सकमाथि कुटपिट भएको छ । जीवित शिशुलाई मृतक घोषणा गरेको भन्दै आक्रोशित भीडले माघ ४ गते डाक्टर यादवलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका…
प्रदेश १, मा ८६ ओटा आधारभूत अस्पताल शिलान्यास भएको दुई वर्ष पुरा, निर्माणको कार्य निराशाजनक
सङ्घीय सरकारले नागरिकको आधारभूत स्वास्थ्य अधिकार सम्बोधनका लागि ०७७ मङ्सिर १५ गते देशभर एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरेको दुई वर्ष पुरा भएको छ । प्रदेश १, मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरिएको थियो । शिलान्यास गरेको दुई वर्ष बितेपनि अधिकांश अस्पतालको निर्माण निराशाजनक छ ।…
कर्मचारीले कुटपिट गरेको पीडितको आरोप
विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका ४० वर्षीय अनिल खतिवडाले आफूलाई विराटनगर महानगरपालिका–१६ वडा कार्यालयमा कम्प्युटर अपरेटर पदका कार्यरत ४५ वर्षीय रवि लिङ्देन सुब्बाले पुस १४ गते वडा कार्यालयमा कुटपिट गरेको आरोप लगाउनु भएको छ । उपभोक्ता समिति गठनका लागि जग्गाको कर तिर्न कार्यालयमा गएका बेला सुब्बाले कुटपिट गरेको र आँखामा चोट लागेको…
वार्षिक सम्पादन भेला सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि प्रदेश १ मा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा ०७९ पुस ८ र ९ गते प्रदेश १, मा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका…