प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन गरिएको इन्सेक कोशी प्रदेश कार्यालय कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनु भयो । समितिले सामुदायिक विद्यालयमा…
कोशी प्रदेश नामाकरण विरोध आरोपमा दुई जना गिरफ्तार
कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन उत्रिएका सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–१७ का ४८ वर्षीय जनक ऋषि राई र धरान–१३ का ३० वर्षीय सञ्जय याख्यालाई प्रहरीले चैत २ गते कोशी प्रदेशसभा भवन विराटनगर अगाडीबाट गिरफ्तार गरेको छ । कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएका…
पत्नी हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
बेलबारी नगरपालिका–१ नक्सालबारीकी ५३ वर्षीया देवी महतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले ५७ वर्षीय पति हेमकर्ण महतविरुद्ध प्रहरीमा उजुरी दिएको छ । फागुन २२ गते बेलबारी नगरपालिका–१ नक्सालबारीमा आफन्तको विवाहमा निम्तो मान्न जाने क्रममा कान्छी पत्नी आएको थाहा पाएर जेठी पत्नीले रोकपछि विवादका क्रममा खुकुरी प्रहार गरी…
नागरिकताको विकल्पमा राष्ट्रिय परिचयपत्र, कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गरेका छैनन् परिचयपत्र
सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्र कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका अधिकांश नागरिकले परिचयपत्र पाउन नसकेका हुन् । नेपाल सरकारले ०७६ माघ २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी गरेपछि “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना…
इन्सेकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा छलफल
“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । सोही सन्दर्भमा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा फागुन २५ गते छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफलमा सहभागीहरूले घरेलु…
बालक हत्या आरोपमा दम्पति गिरफ्तार
सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डल्ली पासवानलाई फागुन १७ गते गिरफ्तार गरेको छ । फागुन ११ गते साँझ घरबाट चोकतिर घुम्न निस्किएका विशाल घर फर्किएर नआएपछि अभिभावकले खोजीका लागि प्रहरीमा खबर गरेका…
मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध छ: प्रदेश प्रमुख
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम सापुङ्गले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजना कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रदेश प्रमुख खापुङले चैत १७ गते आफ्नो कार्यकक्षमा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्याल, कार्यकारी निर्देशक विजयराज गौतम, कार्यसमिति सदस्य नरनाथ लुईटेल र इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापासँगको भेटमा…
कमजोर वर्गको अवस्था सुधार्न इन्सेक अभियान- अध्यक्ष अर्याल
इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले कमजोर वर्गको अवस्था सुधार्न र उनीहरूलाई मानव अधिकारमा पहुँच पुर्याउन इन्सेक अभियान जारी रहने बताउनु भएको छ । इन्सेक प्रदेश १, कार्यालयले फागुन १७ गते विराटनगरमा आयोजना गरेको मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा.अर्यालले मानव अधिकारका दृष्टिकोणबाट नेपालमा कमजोर वर्गको…
मानव अधिकार र मानवीय अवस्थाका विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रम फागुन १७ गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १, को मानव अधिकार र मानवीय अवस्थाका बारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकले विगत ३० वर्ष देखि मानव…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्लामा प्रभावहीन
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लामा गठन गरिने समितिहरू गठन नभएको र गठन भएका समेत निश्कृय एवम् प्रभावहीन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आर्थिक वर्ष ०७७-०७८ देखि आर्थिक वर्ष ०८१-०८२ सम्म…