पत्नी हत्याका आरोपित गिरफ्तार
आम्तेक गाविस-१ की ३६ वर्षीया निर्मला दमाईको हत्या गरेको आरोपमा ४५ वर्षीय पति आइते दमाईलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । मादकपदार्थ सेवन गरेका आइतेले मङ्सिर ६ गते सामान्य घरायसी विवादका क्रममा कान्छी पत्नी निर्मलालाई दाउराको चिरपट प्रहार गर्दा पीडित महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।…
बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको सजाय
२२ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रानीवास गाविस-४ का २४ वर्षीय पवन मगरलाई जिल्ला अदालत भोजपुरले ६ वर्षकैद सजायको फैसाला सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले मगरलाई बलात्कारको घटनामा दोषी ठहर गर्दै कात्तिक २४ गते उक्त फैसला सुनाएको हो । पीडित महिलालाई मगरले ०७३ साउन २२ गते बलात्कार…
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
वास्तिम-३ की २७ वर्षीया शुष्मा बस्नेतलाई धारिलो हतियार प्रहार गरी २८ वर्षीय पति राजकुमार बस्नेतले कात्तिक २२ गते हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिला गाविसको कार्यालयबाट बच्चाको जन्मदर्ता गराएर फर्कँदै गर्दा साँझ घर नजिकै बाटोमा धारिलो हतियार प्रयोग गरी हत्या गरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नीको…
सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुँदा लक्षित वर्ग मर्कामा
समयमा निकासा नहुँदा जिल्लामा सामाजिक सुरक्षाकोष भत्ता वितरणमा ढिलाई भएपछि सेवाग्राही मर्कामा परेका छन् । घटस्थापना आउनु १५ दिनु अगावै वितरण गरिसक्नु पर्ने भएपनि जिल्ला विकास समितिले समयमा बजेट निकासा नगरेपछि वितरणमा ढिलाई हुँदा सेवाग्राही मर्कामा परेका हुन् । एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, दलितलगायत लक्षित वर्गले पाउनुपर्ने सामाजिक सुरक्षा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खावा-५ धाराखामका २४ वर्षीय युसन राईलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १० गते युसन र सोही ठाउँका २२ वर्षीय सुनिलहाङ राई र २० वर्षीय शिवराज राईले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ११ गते प्रहरीमा उजुरी…
सम्मानित भएर बाँच्न नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो
ज्येष्ठ नागरिकहरू इतिहासका धरोहर मानिएपनि सम्मानित भएर बाँच्न सक्ने अवस्था नरहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रिय कार्यालय खोटाङले भोजपुरमा गरेको एक अन्तरक्रियाका सहभागी ज्येष्ठ नागरिकले शिक्षित र सम्भ्रान्त बन्दै गएको समाजमा झन घृणित हुनु परिरहेको गुनासो गरेका हुन् । उनीहरूले ज्येष्ठ नागरिकका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभाको जलजला गाविस-३ स्थायी घर भई भोजपुर नपा-७ बस्ने ३३ वर्षीय गुणराज श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३ गते बलत्कार गरेको आरोपमा असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएकी थिइन् । उजुरीपछि आरोपितलाई…
शैक्षिक सत्रको आधा समय हुन लाग्दा पनि पाठ्यपुस्तकको अभाव
शैक्षिक सत्र सुरू भएको पाँच महिना बितिसक्दा पनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव अझैसम्म पनि छ । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएका छन् । जिल्लाका उत्तरी क्षेत्रका ३६ भन्दा बढी विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न नसक्दा विद्यार्थीहरूले अध्ययन गर्न नपाएका हुन् । पाठ्यपुस्तक सदरममुकाम र गाउँका विभिन्न पसलमा भने अलपत्र…
बहुविवाह गरेको आरोपमा उजुरी
भोजपुर नपा-३ की २३ वर्षीया सुनिता सुवेदीले २६ वर्षीय पति लिलाबहादुर सुवेदीले बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ १८ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार लिलाबहादुरले भोजपुरकी २४ वर्षीया सीमा राईसँग भदौ ९ गते बहुविवाह गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय…
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नआउँदा सेवाग्राही मारमा
जिल्लाको पूर्वी श्यामशिला गाविसमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्दा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा दुई जनाको दरबन्दी खाली रहेको भएपनि कार्यालय सहयोगीको भरमा मात्रै खुल्ने गरेको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य चौकीका प्रमुख मधु सुब्बा, अहेव सजिना राई र अनमी ममता राईसमेत…