बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका-३ दावाका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई असोज ८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या
टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कका ११ वर्षीय बालकको बाँया हातको कान्छी औँलामा ०७९ असोज महिनामा सर्पले टोक्यो । जिल्लामा सर्पदंशको उपचार नहुने भएकाले बालकका बाबुले छोराको ज्यान जोगाउनकै लागि भएपनि सर्पदंश भएको औँला तत्कालै काटिदिएको टेम्केमैयुङ गाउँपालिका-९ का वडाध्यक्ष नभराज माङपाहाङ राईले बताउनु भयो । टेम्केमैयुङ गाउँपालिका-५ मझौले, टेम्केमैयुङ गाउँपालिका-४ लुङगिन र…
कालाजारका बिरामी फेला, जिल्लामा उपचार नहुँदा समस्या
लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोगका बिरामी जिल्लामा फेला परेका छन् । कालाजार रोगका बिरामी फेला परेपनि जिल्लामा कालाजारको उपचार नहुँदा समस्या भएको छ । पौवादुङमा गाउँपालिका-५ सानोदुम्मामा दुई जनामा कालाजारको पुष्टि भएको छ । कालाजार रोगको उपचार जिल्लामा नहुँदा बिरामीलाई समस्या भएको हो । कालाजार रोगको उपचार तथा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका-१० का ४९ वर्षीय लोकबहादुर विष्ट भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
पहिरोले विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या
हतुवागढी गाउँपालिका-५ स्थित शान्तिसोया आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालयको शिशु कक्षा र दिवा खाजा बनाउने कोठा ०८० भदौ ८ गते खसेको पहिरोले भत्काएपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक ज्ञानराज खुलालले बताउनु भयो । प्रअ खुलालले भन्नुभयो ‘भदौ ८ गतेको वर्षातले भवन भत्किएको छ ।…
यौन दुर्व्यवहार कसुरमा एक वर्ष पाँच महिना कैद सजायको फैसला
चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई एक वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तको साउन २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३१ हजार ५ सय रुपियाँ जरिबाना र पीडितले पाउने…
बाढीले पुल बगाउँदा आवतजावतमा समस्या, जोखिम मोलेर विद्यालय जान बाध्य
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् । बाढीले झोलुङ्गे पुल बगाउदा यस क्षत्रको बालबालिकालाई विद्यालय जानआउन समस्या भएको छ । वर्षातको कारण राउते, हिले, रूपाथुमकी र खानी गाउँका करिव ४५ जना बालबालिकाहरु खोला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–४ बालाङखाका २४ वर्षीय शुक्र विकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो । पीडित पक्षकाे उजुरीका आधारमा अनुसन्धानका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १२ गते भोजपुरमा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२३ को प्रथम ६…