जनप्रतिनिधिले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप
फालेलुङ गाउँपालिका-७ का ३३ वर्षीय पत्रकार भीम बाँस्कोटाले याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासङ्घ पाँचथरका केन्द्रीय परिषद सदस्य, अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला सम्वाददाता पत्रकार बाँस्कोटालाई वडाध्यक्ष योङ्याले ०८० असोज २३ गते दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।…
जनशक्ति अभावमा आइसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा
फालेलुङ गाउँपालिका–८ का ५७ वर्षीया राधादेवी लिम्बू ज्वरो, डेङ्गी र मृगौलाको समस्याका कारण ०८० असोज १२ गते जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुनु भयो । उहाँलाई जाँचपड्तालपछि स्वास्थ्यकर्मीले मृगौलामा जटिल समस्या भएकाले अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) नभएको र समयमै सुविधा सम्पन्न अस्पताल पुर्याउन नसके ज्यान तलमाथि हुनसक्ने भन्दै सुनसरीको…
यौन दुर्व्यवहार घटनाका फरार आरोपित चार वर्षपछि गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ वैशाख २८ गते यौन दुर्व्यवहार गरी फरार भएका आरोपितलाई प्रहरीले चार वर्षपछि गिरफ्तार गरेको छ । यौन दुर्व्यवहार घटनाका फरार आरोपित हिलिहाङ गाउँपालिका-७ का ५२ वर्षीय नरबहादुर धमलालाई प्रहरीले ०८० असोज २२ गते घरबाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले ०७७ वैशाख २८ गते यौन…
अधिकृतद्वारा कार्यालय सहयोगीमाथि कुटपिट
फिदिम नगरपालिका-१ का ३५ वर्षीय छत्रप्रसाद सुवेदीले आफूलाई ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-४ स्थायी घर भइ याङवरक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ४० वर्षीय सुमन लिङदेनले कुटपिट गरेको आरोप लगाउनु भएको छ । याङवरक गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत सुवेदीको कुटपिटबाट आँखामा चोट लागेको छ । [caption id="attachment_62391" align="alignnone" width="1202"] अधिकृतको…
पाँचथरका दुई ओटा स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रम निर्माण
नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २६६ को उपधारा १ मा स्थानीय तहको अधिकार सूची छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका-३ का ५० वर्षीय गङ्गा राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–३ का ५० वर्षीया गंगा राईविरूद्ध पीडित पक्षले साउन ३२ गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन थापाले बताउनु भयो । पीडित पक्षको उजुरीलगत्तै…
आत्महत्या दुरूत्साहनका घटनाका आरोपित गिरफ्तार
फिदिम नगरपालिका–११ की नौ वर्षीया बालिका अस्मिता दर्जीलाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले सोही ठाँउकी २६ वर्षीया दमन्ता घिमिरेलाई साउन २२ गते गिरफ्तार गरेको छ । अस्मिता दर्जीलाई आरोपितले ०८० साउन २० गते कुटपिट गरेको र सोही दिन अस्मिताले झुण्डिएर आत्महत्या गरेपछि आरोपितविरूद्ध आत्महत्या दुरूत्साहन दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–२ का ६४ वर्षीय मचिन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० असार १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार ९ गते फिदिममा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकरा वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । सन् २०२३ को जनवरीदेखि जुनसम्म अर्थात ६ महिनाको…