प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– अपाङ्गमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि निर्वाचन आयोगले विभिन्न प्रकारका मतदाता सामग्री तयार गरी प्रकाशन तथा प्रसारण गरिरहेको छ । आयोगले छापामाध्यम, श्रव्यदृश्यका सञ्चार, प्रकाशन तथा प्रसारण माध्यमबाट मतदाता शिक्षाका विषयमा विभिन्न सामग्री तयार गरी मतदाता समक्ष पुर्याउने प्रयास गरिरहेको छ । तर,…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– जनप्रतिनिधि आचारसंहिता विपरितका गतिविधिमा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित जिल्लाका जनप्रतिनिधि चुनावी अभियानमा सक्रिय भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ जारी गरेको छ । सोही…
मानव अधिकारप्रति राज्य प्रतिवद्ध छ : प्रमुख जिल्ला अधिकारी
धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल सरकार मानव अधिकार र मानव अधिकार रक्षकको अधिकार स्थापित गर्नका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ प्रदेश कार्यालय, युरोपियन युनियनको टोलीसँग असोज ३१ गते गरिएको भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी कट्टेलले राज्यले मानव अधिकार रक्षाका…
जिल्लाको मानव अधिकारको अवस्था बुझ्दै युरोपियन युनियन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको समन्वयमा जिल्लामा मानव अधिकार रक्षक र युरोपियन युनियनका प्रतिनिधिबिच असोज ३१ गते छलफल कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार अनुगमन तथा अवस्था बुझ्न आएको इयूको टोली र मानव अधिकार रक्षकबिच जिल्लामा अन्तरक्रिया सम्पन्न भएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु…
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिता विपरित भोट माग्दै उम्मेदवार
आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ मा मनोनयन दर्तापछि जिल्लामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित भोट माग थालेका छन् । इन्सेकले गरेको अनुगनमका क्रममा राजनीतिक दलहरूले निर्वाचन लक्षित आचारसंहिता विपरितका गतिविधिको सुरूआत गरेका छन् । राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरू मनोनयन दर्ता लगत्तै घरदैलो…
शिशु हत्या घटनाका कसुरदार नौ वर्षपछि गिरफ्तार
नवजात शिशु हत्या घटनामा अदालतबाट जन्मकैद सजाय तोकिएका भोजपुर नगरपालिका-४ सिद्धेश्वरका ४३ वर्षीय प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौं महानगरपालिका- ९ गौशलाबाट भदौ २० गते गिरफ्तार गरेको छ । एक जना महिलासँग अनैतिक सम्बन्धबाट जन्मेको आफ्नै नवजात शिशुको ०७० असार ७ गते हत्या गरेको आरोपमा राउतलाई अदालतले जन्मकैदको सजाय फैसला गरेको थियो…
आठपहरिया समुदायमा बालबिवाह बढ्दो
धनकुटा नगरपालिका–८ सान्ताङस्थित सान्ताङ स्वास्थ्य चौकीमा आर्थिक ०७७-०७८ मा ४७ जना गर्भवती स्वास्थ्य परीक्षण र सुत्केरी हुन आएको तथ्याङ्क छ । यसमध्ये २६ जना बालिका २० वर्षमुनिकै उमेरमा आमा बनेको तथ्याङ्कले देखाउँछ । स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गर्न आउनु भएकी धनकुटा नगरपालिका–८ की १६ वर्षीया सर्मिला आठपहरियाले कानुनले तोकेअनुसार उमेर…
शैक्षिक सत्र सुरू भएको चार महिना बित्यो, पुस्तक अभाव कायमै
शैक्षिक सत्र सुरू भएको चार महिना बिते पनि जिल्लामा अझै पाठ्यपुस्तकको अभाव कायमै छ । जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । आधारभूत तह र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । साँगुरीगढी गाउँपालिका–७ महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयका विद्यार्थीहरूले अझै नयाँ पुस्तक नपाएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–७ का १५ वर्षीय बालकलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते प्रहरी चौकी जितपुरमा उजुरी दिएको थियो । पीडित बालिकालाई आरोपितले असार २८ गते महालक्ष्मी नगरपालिका–७…
वडा कार्यालयको वेवास्ताका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गुनासो
नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रममार्फत वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ । वृद्धभत्ताले बुढेसकालमा भर–अभरमा खर्चका लागि ठूलो सहयोग भएको छ । अधिकांश ज्येष्ठ नागरिकहरूले वृद्ध भत्ताबाटै दैनिकी चलाइ रहेका छन् । तर, चौविसे गाउँपालिका–५ बोधेका ८७ वर्षीय सुकबहादुर याखा र उहाँकी ७८ वर्षीया पत्नी दिलमाया याखा भने…