गरिब परिवार परिचयपत्र वितरण सुरू

जिल्लामा गरिब परिवारलाई सूचीकृत परिचयपत्र वितरण सुरूआत गरिएको छ । जिल्लामा सूचीकृत भएका ३ हजार ७ सय २३ घरधुरी परिवारलाई वर्गीकरण गरी परिचयपत्र वितरण सुरूआत गरिएको हो । सात ओटा स्थानीय तह रहेको जिल्लामा अति गरिब, मध्यम गरीब र सामान्य गरीब गरी ३ हजार ७ सय २३ घरधुरी गरिब परिवारमा…

२०७९ पुष २६, मंगलवार १३:०९ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका-५ बोखिम स्थायी घर भइ धनकुटा नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय सन्तोष तामाङलाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडितलाई पुस २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…

२०७९ पुष २६, मंगलवार ११:३२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ स्कुलडाँडाका २० वर्षीय प्रकाश रोक्कालाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकालाई यौन दुर्व्यवहार गरेको देखेपछि…

२०७९ पुष २५, सोमबार २१:३९ गते  
अदालतको आदेश कार्यान्वयन नहुँदा नागरिकताबाट वञ्चित

महालक्ष्मी नगरपालिका–७ अर्खौले जितपुरका २२ वर्षीय खेमराज अधिकारीले अदालतको आदेश कार्यान्वयन नहुँदा नेपाली नागरिकताको प्रमाणपत्रबाट आफू वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ ।उच्च अदालत विराटनगर, धनकुटा इजलासले ०७९ कात्तिक १२ गते खेमराज अधिकारीलाई नागरिकता दिलाउनु भनि दिएको आदेशअनुसार महालक्ष्मी–७ वडा कार्यालयले सिफारिस नगरिदिँदा नागरिकता पाउनबाट वञ्चित भएको अधिकारीको गुनासो…

२०७९ पुष २२, शुक्रबार ०९:४९ गते  
धनकुटाको गोलखाडी, आस्कोट गाउँमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर, जिल्लाको साँगुरीगढी गाउँपालिकाको गोलखाडी र आस्कोटका स्थानीयले मौलिक हकमा उल्लेख गरे झैँ आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । साँगुरीगढी…

२०७९ पुष २०, बुधबार १३:३५ गते  
५५ परिवारलाई लालपुर्जा वितरण

चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन् । वि.स.०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका थिए । ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि ५५ परिवार खुसी भएका छन् । पितापुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात…

२०७९ पुष २०, बुधबार १२:५० गते  
वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वरसम्ममा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २४ गते समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा, मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपाल र गैरसरकारी संस्था महासङ्घको संयुक्त…

२०७९ मंसिर २४, शनिबार १६:०३ गते  
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– अपाङ्गमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि निर्वाचन आयोगले विभिन्न प्रकारका मतदाता सामग्री तयार गरी प्रकाशन तथा प्रसारण गरिरहेको छ । आयोगले छापामाध्यम, श्रव्यदृश्यका सञ्चार, प्रकाशन तथा प्रसारण माध्यमबाट मतदाता शिक्षाका विषयमा विभिन्न सामग्री तयार गरी मतदाता समक्ष पुर्‍याउने प्रयास गरिरहेको छ । तर,…

२०७९ कार्तिक २९, मंगलवार १२:४९ गते  
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– जनप्रतिनिधि आचारसंहिता विपरितका गतिविधिमा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित जिल्लाका जनप्रतिनिधि चुनावी अभियानमा सक्रिय भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ जारी गरेको छ । सोही…

२०७९ कार्तिक १८, शुक्रबार १७:१० गते  
मानव अधिकारप्रति राज्य प्रतिवद्ध छ : प्रमुख जिल्ला अधिकारी

धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल सरकार मानव अधिकार र मानव अधिकार रक्षकको अधिकार स्थापित गर्नका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ प्रदेश कार्यालय, युरोपियन युनियनको टोलीसँग असोज ३१ गते गरिएको भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी कट्टेलले राज्यले मानव अधिकार रक्षाका…

२०७९ आश्विन ३१, सोमबार १६:१३ गते