चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा कृषक समस्यामा

संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । तर जिल्लामा निर्माण सम्पन्न भएको वायर हाउस(चिस्यान केन्द्र) सञ्चालन नहुँदा कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको छ । धनकुटा नगरपालिका-१ हिलेमा निर्माण सम्पन्न भएको वायर हाउस सञ्चालनमा नआउँदा…

२०८० भाद्र १९, मंगलवार ११:१७ गते  
अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय, धनकुटाले आशबहादुर राईलाई घरैमा पुगेर नागरिकताको प्रमाणपत्र साउन २५ गते प्रदान गरेको हो । शरीरको कुनै पनि भाग नचल्ने आशबहादुरलाई प्रशासनले घरमै…

२०८० श्रावण २५, बिहीबार १२:३० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

इन्सेक, धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते धनकुटामा सम्पन्न गरिएको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ५७ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुबाट ५८ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । ६ महिनाको…

२०८० असार १५, शुक्रबार ११:१३ गते  
सासू हत्या आरोपमा बुहारी गिरफ्तार

साँगुरीगढी गाँउपालिका–४ फाक्सिवकी ६३ वर्षीया सासू सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया बुहारी विष्णुमाया लिम्बूलाई असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० असार ३ गते कुटपिट गर्दा सुकमायाको असार ६ गते मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको…

२०८० असार ९, शनिबार ०९:०० गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले बालिकासहित थप दुई जनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा धनकुटा नगरपालिका–४ देब्रेवासका १९ वर्षीय नरेश मङ्राती र विवाह गराइदिएको आरोपमा नरेशका बाबु कृष्ण मङ्रातीलाई जेठ २९ गते गिरफ्तार गरेको हो । धनकुटा नगरपालिका–४…

२०८० जेष्ठ ३०, मंगलवार १७:३३ गते  
कथित बोक्सीको आरोप लगाउने विरूद्ध प्रहरीमा उजुरी

४६ वर्षीया बुहारीलाई कथित बोक्सी आरोप लगाउने ५५ वर्षीय ससुराविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिनु भएको छ । सगोलमा परिवारसँग बस्दै आएका ससुराले पटकपटक बोक्सी भन्दै गालीगलौच गरेको र अन्तिम पटक ०८० जेठ २१ गते बोक्सीलाई अभक्ष खुवाउँछु भनेर धम्की दिएपछि आरोपितविरुद्ध प्रहरीमा जेठ २५ गते उजुरी दिएको…

२०८० जेष्ठ २६, शुक्रबार ०९:०९ गते  
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा मजदूर सम्झुन पर्छ भनि श्रमिकको परिभाषा गरिएको छ । तर, धनकुटा नगरपालिका–१० मार्गामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पढाए बापतको पारिश्रमिक…

२०८० जेष्ठ २२, सोमबार १५:०२ गते  
धनकुटा पातालडाँडामा खानेपानीको चरम अभाव (फोटो फिचर)

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ । तर, जिल्लाको सहिदभूमि गाउँपालिकाको पातालडाँडा आसपासका स्थानीयहरू भने वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।…

२०८० बैशाख १५, शुक्रबार १५:४१ गते  
खर्च अभावमा उपचारबाट वञ्चित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १३ गते देशभरका सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्नहरूको निशुल्क उपचार अनिर्वाय गराउन परिपत्र गरेको छ । संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्यवस्था एवम् व्याख्या गरेको छ । सोही धाराको उपधारा २ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा…

२०८० बैशाख १५, शुक्रबार १३:३३ गते  
शहिद परिवारको गुनासो : सरकारले गरेको प्रतिबद्धता पुरा गरेन

मन्त्री परिषद्को ०७९ फागुन १५ गतेको निर्णयले राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिर्वतनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरेको छ । कोशी प्रदेशमा ताप्लेजुङका १ सय ५०, सङ्खुवासभाका ९३ जना, सोलुखुम्बुका ८४ जना, ओखलढुङ्गाका ८५ जना, खोटाङका ९३ जना, भोजपुरका ७८ जना, धनकुटाका २२…

२०७९ चैत्र ११, शनिबार १६:३६ गते