नौ जना पहिचान पक्षधर गिरफ्तार
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा अवरोध पुर्याउन खोजेको आरोपमा प्रहरीले धनकुटामा नौ जनालाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराएको र शङ्कास्पद अवस्थामा रहेका १ नम्बर प्रदेश सङ्घर्ष समिति संखुवासभा, संयोजक वीरेन्द्र खारा राई, किरात…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धनकुटामा वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) धनकुटाको आयोजनामा ७५ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर जिल्लाको मानव अधिकारको अवस्थामाथि समीक्षा गरिएको छ । इन्सेक धनकुटा प्रतिनिधिले प्रस्तुत गर्नु भएको तथ्याङ्क अनुसार जिल्लामा…
अज्ञात पक्षद्वारा जनप्रतिनिधिको घरमा आगजनी
पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाँईको घरमा अज्ञात पक्षले मङ्सिर १६ गते राति आगजनी गरेको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलमा सुतेको अवस्था अज्ञात पक्षले घरको तल्लो तलामा राखिएका कपडा भेला पारेर आगो लगाइ दिएको वडाध्यक्ष गुरागाँइले बताउनु भयो । आगो लगाए नजिक ग्यास सिलिण्डर राखिएको वडाध्यक्ष गुरागाँइले बताउनु…
पत्नी र छोराको हत्यापछि आत्महत्या
धनकुटा नगरपालिका–१ की ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय बालक आयुस गुरुङको हत्यापछि ३५ वर्षीय टिकाराम गुरुङले मङ्सिर ६ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा टिकारामले पत्नी र छोराको कुटपिट गरी हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताउनु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका- ५ का ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाललाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले ०८० कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते उजुरी दिएको थियो ।…
अपाङ्गमैत्री भवन नहुँदा सेवा लिन समस्या
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त प्रणालीसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको भएपनि निर्देशिका बमोजिम सरकारी भवन निर्माण नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन समस्या भएको छ । जिल्लाका स्थानीय तहका भवनहरू अपाङ्गमैत्री नहुँदा सेवा लिन जाने अपाङ्गता भएका व्यक्तिहरू सोझै कार्यालयभित्र जानबाट वञ्चित हुुनु परेको छ । जिल्लामा तीन…
मोसो दलेर दुर्व्यवहार गरिएको पीडितको आरोप
दोलखा, स्थायी घर भइ धनकुटामा ठेक्कापट्टाको कार्य गर्दै आउनु भएका ४० वर्षीय प्रदीप कार्कीले आफूलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ । धनकुटा नगरपालिका-१ हिलेमा काम गरिरहेका अवस्थामा मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै हिलेस्थित सिजाली टोलमा ०८० असोज ९ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका–८ मुगाका ६७ वर्षीय रङ्गलाल तामाङलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
न्यायिक समितिमा इजलास कक्ष नहुँदा समस्या
संविधानको धारा २१७ मा हरेक स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ स्थानीय तहको अधिकार सूचीसँग सम्बन्धित छ ।…
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा कृषक समस्यामा
संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । तर जिल्लामा निर्माण सम्पन्न भएको वायर हाउस(चिस्यान केन्द्र) सञ्चालन नहुँदा कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको छ । धनकुटा नगरपालिका-१ हिलेमा निर्माण सम्पन्न भएको वायर हाउस सञ्चालनमा नआउँदा…