धनकुटाको महाभारत क्षेत्रमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर, धनकुटाको साँगुरीगढी गाउँपालिका अधिकाशं वस्तीका स्थानीयले मौलिक हकमा उल्लेख भए जस्तो आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । साँगुरीगढी गाउँपालिका-७…

२०८० फाल्गुन २४, बिहीबार १४:०९ गते  
समाज कल्याण परिषदद्वारा इन्सेकको काम र प्रभावकारीताका विषयमा मूल्याङ्कन

समाज कल्याण परिषद्का प्रतिनिधि सम्मिलित टोलीले धनकुटामा बितेको अढाई वर्षको अवधिमा इन्सेकले परियोजनामार्फत सम्पादन गरेका कार्यहरू र त्यसको प्रभाकारीतसाथै मूल्याङ्कनका विषयमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय मानव अधिकार, कोशी प्रदेश कार्यालय प्रमुख, जिल्ला समन्वय समिति उप-प्रमुख, मानव अधिकारकर्मी र पत्रकारहरूबिच…

२०८० फाल्गुन २१, सोमबार १२:२४ गते  
हसिँया बोक्ने किसानका हातमा सरकार विरोधी प्लेकार्ड, तत्काल दूधको रकम भुक्तानी माग

हरेक दिन सखारै गोठको काम गरेपछि अपरान्हृको समय गाईभैँसीका लागि खुँडो-खोले र घाँसको जोहोको लागि हसिँया लिएर भीरकान्ला गर्ने धनकुटा नगरपालिका-२ भीरगाँउका ४६ वर्षीय पशुपालक किसान मोहन बस्नेतको हातमा आजभोलि सरकारको विरोधमा लेखिएको प्ले कार्ड छ । [caption id="attachment_67666" align="alignnone" width="5472"] दूध विक्रिको भुक्तानी माग गर्दै जिल्ला प्रशासन कार्यालय, धनकुटामा…

२०८० फाल्गुन १७, बिहीबार १३:०८ गते  
अपाङ्गता हुनु भएकी ज्येष्ठ नागरिकलाई ७३ वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ । संविधानमा भएको व्यवस्था बमोजिम छथरजोरपाटी गाउँपालिका–१ कागुनेकी मनमाया लिम्बूले ७३ वर्षको उमेर नेपाली नागरिकताको प्रमाणपत्र ०८० माघ १९…

२०८० माघ २९, सोमबार १२:१२ गते  
बलात्कारका घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका-२ बुढीमोरङका ४१ वर्षीय मोहन इङ्नामलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० माघ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २७ गते इलाका प्रहरी कार्यालय, भेडेटारमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

२०८० माघ २९, सोमबार ०८:३८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका- ८ खुडीका ४४ वर्षीय अनके लोहोरुङ राईलाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० माघ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय, भेडेटारमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०८० माघ १२, शुक्रबार १६:३८ गते  
प्राध्यापक अभावमा सञ्चालन भएन प्रयोगात्मक कक्षा

धनकुटा बहुमुखी क्याम्पसमा बाहृ वर्षअघि सुरूआत गरिएको चार वर्षे बीएससी कक्षाका लागि प्राणी, रसायन, वनस्पतिशास्त्र र भौतिक विज्ञानमा कम्तीमा १६ जना प्राध्यापक आवश्यक पर्छ । तर, अहिले चार जना मात्र प्राध्यापक कार्यरत हुनुहुन्छ । जसले गर्दा प्रयोगात्मक कक्षाका लागि किनिएका महङ्गा उपकरण र सामग्री भएपनि विज्ञान प्रयोगशाला सञ्चालन हुन सकेको…

२०८० पुष २६, बिहीबार ११:०१ गते  
७२ प्रतिशत नागरिक बीमाको पहुँच भन्दा बाहिर

नेपालको संविधानले धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सरकारले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष ०७२-७३ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । जिल्ला ०७७ सालदेखि स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बीमा बोर्ड, धनकुटाले जनाएको…

२०८० पुष २५, बुधबार ०९:३३ गते  
हिरासत कक्षमा अमानवीय व्यवहार गरिएको इन्सेककर्मीसँग गुनासो

जिल्ला प्रहरी कार्यालय, धनकुटाको हिरासतमा रहेकाहरूले इन्सेककर्मीसँग हिरासतमा अमानवीय व्यवहार गरिएको गुनासो गरेका छन् । पहिचान पक्षधरको आरोपमा ०८० मङ्सिर २८ गते गिरफ्तारीमा परेकाहरूले पुस १ गते इन्सेककर्मीसँगको भेटमा हिरासतमा अमानवीय व्यवहार गरेको गुनासो गरेका हुन् । गिरफ्तारमा परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरूको जानकारी लिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुग्दा…

२०८० पुष २, सोमबार ०९:५१ गते  
सङ्कल्प यात्रामा अवरोध पुर्‍याउन खोजेको आरोपमा धनकुटामा १९ जना गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले धनकुटाबाट मङ्सिर २८ गते १९ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले एमालेको सङ्कल्प यात्रामा अवरोध पुर्‍याउन खोजेको आरोपमा १ नम्बर प्रदेश सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-२ का ५० वर्षीय योगेन्द्र लिम्बू, १ नम्बर प्रदेश…

२०८० मंसिर २९, शुक्रबार ०८:४८ गते