आठ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका १ सय ५३ मतदान केन्द्र मध्ये आठ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । दुई ओटा क्षेत्र रहेको धनकुटामा सुरक्षा चुनौतिको आधारमा क्षेत्र नं. १ मा चार ओटा र क्षेत्र नं. २ मा चार ओटा…

२०७४ कार्तिक १८, शनिबार २०:४७ गते  
जिल्लामा सञ्चालित रेडियोको प्रशारण बन्द

अविरल वर्षाका कारण साउन २७ गतेदेखि विद्युत अबरूद्ध हँदा धनकुटामा जिल्लामा सञ्चालित तीन ओटै सामुदायिक रेडियोको प्रशारण पूर्ण रूपमा बन्द भएको छ । निरन्तरको वर्षाले विद्युत अबरूद्ध भएको र घाम पनि राम्ररी नलागेका कारण सोलार चार्ज हुन नसकेपछि रेडियो बन्द गर्नु परेको रेडियो मकालु ९२.२ मेगाहर्जका स्टेशन म्यानेजर नैन विश्वकर्माले…

२०७४ श्रावण ३१, मंगलवार २२:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ सालघारीका २४ वर्षीय उमेश रम्तेललाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते नै जिल्ला अस्पतालमा गरिएको…

२०७४ श्रावण १२, बिहीबार २१:५९ गते  
अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट

साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ । अज्ञात समूहले साँगुरीगढी गाउँपालिका-६ भेडेटार र महाभारत जाने कच्ची बाटोको नजिक कोलबोटेमा असार १२ गते राति करिब ८ बजे सिलिण्डर बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए । बम विष्फोट…

२०७४ असार १३, मंगलवार ०९:३८ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा एक जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका जिल्ला उपाध्यक्ष ३१ वर्षीय कर्णबहादुर ज्ञावालीलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबजारबाट निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ज्ञावालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा यसअघि सो पार्टीका जिल्ला…

२०७४ असार ९, शुक्रबार २२:२१ गते  
निर्वाचन आचारसंहिताको पालना गर्न आयोगका सदस्यको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको निर्वाचन सफल रूपमा सम्पन्न गर्न सरोकारवाला सबै पक्षले निर्वाचन आचारसंहिताको पालना गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असार ६ गते मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूसँग धनकुटामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य पाठकले स्वच्छ, निष्पक्ष र…

२०७४ असार ६, मंगलवार २१:४९ गते  
निर्वाचन आचारसंहिताको पालना नगरेको सरोकारवालाको गुनासो

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन पनि व्यापक रूपमा हुन थालेको छ । अधिकांश निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दलहरू रहेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असार १ गते धनकुटामा आयोजना गरेको निर्वाचन पूर्वको मानव अधिकारको अवस्था विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरूले राजनीतिक दलहरूले…

२०७४ असार २, शुक्रबार १३:०० गते  
चुनावी सभामा बालबालिकाको प्रयोग

नेकपा माओवादी केन्द्रले जेठ ३० गते आयोजना गरेको उम्मेदवार घोषणा सभामा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै बालबालिकाहरूलाई सहभागी गराएको छ । उम्मेदवार घोषणा सभा पूर्व आयोजना गरिएको र्‍यालीमा बालबालिकाहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराइएको थियो । बाल अधिकार महासन्धि अनुसार बालबालिकाको आफ्नै कार्यक्रम बाहेक कसैले पनि…

२०७४ जेष्ठ ३०, मंगलवार २१:२८ गते  
सात ओटा मतदान केन्द्र अति सम्वेदनशील

धनकुटा जिल्लाका सात ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका अनुसार ४२ ओटा सम्वेदनशील र ९४ ओटा मतदान केन्द्र सामान्य रहेको छ । जिल्लाका अति सम्वेदनशील मतदान केन्द्रमा २४ गाउँपालिका अन्तर्गत रहेका गाविस भवन कुरूले, जनसेवा निमावि बाजथला, जालपादेवी आधारभुत विद्यालय सुरूङी र…

२०७४ जेष्ठ १४, आईतवार २०:३६ गते  
अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण

स्थानीय तहको ०७४ जेठ ३१ गते हुने निर्वाचनलाई लक्षित गरी धनकुटाका दुई ओटा मतदान केन्द्र अपाङ्गतामैत्री बनाएको छ । अपाङगता भएका मतदाताहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्नका लागि सहजता पुर्‍याउने उद्देश्यले धनकुटा नपा-७ स्थित त्रिवेणी मावि मतदान केन्द्र र धनकुटा नपा-३ स्थित भाषा मावि मतदान केन्द्रमा अपाङ्गतामैत्री बाटो निर्माण गरिएको…

२०७४ बैशाख १७, आईतवार २०:५३ गते