चुनावी सभामा बालबालिकाको प्रयोग

नेकपा माओवादी केन्द्रले जेठ ३० गते आयोजना गरेको उम्मेदवार घोषणा सभामा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै बालबालिकाहरूलाई सहभागी गराएको छ । उम्मेदवार घोषणा सभा पूर्व आयोजना गरिएको र्‍यालीमा बालबालिकाहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराइएको थियो । बाल अधिकार महासन्धि अनुसार बालबालिकाको आफ्नै कार्यक्रम बाहेक कसैले पनि…

२०७४ जेष्ठ ३०, मंगलवार २१:२८ गते  
सात ओटा मतदान केन्द्र अति सम्वेदनशील

धनकुटा जिल्लाका सात ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका अनुसार ४२ ओटा सम्वेदनशील र ९४ ओटा मतदान केन्द्र सामान्य रहेको छ । जिल्लाका अति सम्वेदनशील मतदान केन्द्रमा २४ गाउँपालिका अन्तर्गत रहेका गाविस भवन कुरूले, जनसेवा निमावि बाजथला, जालपादेवी आधारभुत विद्यालय सुरूङी र…

२०७४ जेष्ठ १४, आईतवार २०:३६ गते  
अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण

स्थानीय तहको ०७४ जेठ ३१ गते हुने निर्वाचनलाई लक्षित गरी धनकुटाका दुई ओटा मतदान केन्द्र अपाङ्गतामैत्री बनाएको छ । अपाङगता भएका मतदाताहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्नका लागि सहजता पुर्‍याउने उद्देश्यले धनकुटा नपा-७ स्थित त्रिवेणी मावि मतदान केन्द्र र धनकुटा नपा-३ स्थित भाषा मावि मतदान केन्द्रमा अपाङ्गतामैत्री बाटो निर्माण गरिएको…

२०७४ बैशाख १७, आईतवार २०:५३ गते  
भूकम्प गएको दुई वर्षपछि बल्ल अनुदान सम्झौता

भूकम्प गएको दुई वर्षपछि भूकम्प पीडितले निजी आवास पुनर्निर्माण अनुदान सम्झौता चैत २८ गतेबाट सुरू भएको छ । अनुदान वितरण कार्यक्रम अन्तर्गत धनकुटा नपाबाट अनुदान उपलब्ध गराउन थालिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटा, धनकुटा नगरपालिकाका प्रमुख तिर्थप्रसाद धिताल, पुनर्निर्माण प्राधिकरणका कर्मचारी देवकुमार यादव…

२०७३ चैत्र २९, मंगलवार १४:२९ गते  
कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप

कृषि व्यवसायी सङ्घका पदाधिकारी तथा कृषक समूहका प्रतिनिधिलाई जिल्ला पशु सेवा कार्यालयका प्रमुख नन्दलाल बर्माले आफ्नै कार्यकक्षमा माघ १७ गते दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । कार्यालयले कृषकलाई उपलब्ध गराउने कार्यक्रमबारे जानकारी लिन बर्माको कार्यकक्षमा पुगेको कृषक समूहलाई अश्लिल शब्दले गालीगलौज गरेको भन्दै कृषकहरूले विरोध जनाएका छन् ।…

२०७३ माघ १८, मंगलवार १०:०२ गते  
सन् २०१६ मा एक हजार ३५ जना पीडित भएको तथ्याङक सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा मानव अधिकारको अवस्था र सञ्चारकर्मी एवम् मानव अधिकार रक्षकका सवाल विषयक छलफल कार्यक्रम पुस १९ गते धनकुटामा सम्पन्न गरिएको छ । सो अवसरमा सन् २०१६ को अवधिमा पूर्वाञ्चलमा अभिलेखित मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका…

२०७३ पुष १९, मंगलवार २०:२८ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानवअधिकार वर्षपुस्तक २०१७ को पूर्वसमीक्षा कार्यक्रम मङ्सिर २२ गते धनकुटामा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्लामा भएका घटना मात्र नभएर गाउँ-गाउँमा भएका मानवअधिकार उलङ्घनका घटनालाई प्रतिवेदनमा समेट्न सुझाव दिए । उनले…

२०७३ मंसिर २३, बिहीबार ०४:३७ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनकुटा नपा–७ का सुमन श्रेष्ठविरुद्ध प्रहरीले असोज २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित युवतीले भदौ २९ गते बलात्कार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई भदौ ३० गते घरैबाट गिरफ्तार गरी असोज २ गते मुद्दा…

२०७३ आश्विन ३, सोमबार १०:१६ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चानुवा गाविस-२ का ४० वर्षीय जितबहादुर रसाईलीविरूद्ध प्रहरीले भदौ १४ गते जिल्ला अदालत धनकुटामा मुद्दा दायर गरेको छ । पीडितकी आमाले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितविरूद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

२०७३ भाद्र १४, मंगलवार १६:५८ गते  
बेपत्ता पतिको खोजी गरिदिन पत्रकार र अधिकारकर्मीसँग आग्रह

विगत दुई महिनादेखि बेपत्ता भएका चानुवा गाविस-१ का ४५ वर्षीय भिमबहादुर चापागाईंको खोजी गरिदिन उनकी पत्नी कल्पना चापागाईँले मानव अधिकारकर्मी र पत्रकारसमक्ष आग्रह गरेकी छन् । गएको जेठ १८ गते मलामी गएका भीमबहादुर घर नफर्किएपछि उनले साउन ३० गते पत्रकार सम्मेलन गरी खोजीको लागी पत्रकार र मानव अधिकारकर्मीसँग यस्तो आग्रह…

२०७३ श्रावण ३१, सोमबार ०२:०० गते