ज्याला र ऐन कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित

यही साउन १ गतेदेखि लागू भएको श्रम ऐन र न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित भएका छन् । श्रम ऐन–२०७४ कार्यान्वयनको माग गर्दै भदौ १८ गते चिया उद्योगमा धर्ना दिएको र सरकारी पारिश्रमिक लागू गर्न चिया उद्योगीहरूलाई एक साताको समय दिइएको अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय…

२०७५ भाद्र २०, बुधबार ०५:१७ गते  
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा दोब्बर बृद्धि

गएको पाँच महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा दोब्बर बृद्धि भएको छ । पाँच महिनामा ४८ वटा घटना अभिलेख गरिएको इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले असार ६ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि तयार पारेको…

२०७५ असार ७, बिहीबार १०:०८ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

साँगुरीगढी गाउँपालिका-५ की ४५ वर्षीया गोपीमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति कमलप्रसाद लिम्बूलाई जेठ ३ गते गिरफ्तार गरेको छ । गाउँबाट मादक पदार्थ सेवन गरी घर आएका लिम्बूले घरायसी विवादको क्रममा गाईलाई खोले पकाउँदै गरेकी पत्नीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…

२०७५ जेष्ठ ३, बिहीबार २१:५२ गते  
नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाईले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा वैशाख ३० गते आगजनी गरेको छ । शैक्षिक सुधारको माग गर्दै नेविसङ्घले वैशाख २१ गते राखेको ११ बुँदे मागको सुनुवाइ क्याम्पस प्रशासनले नगरेकाले क्याम्पस प्रमुख निरञ्जन बस्तीको कार्यकक्ष तथा कुर्सी आगजनी गरिएको नेविसङ्घ क्याम्पस इकाईका सभापति सरोज धमलाले बताए ।…

२०७५ बैशाख ३१, सोमबार १२:५६ गते  
स्थानीय तह खाली गर्न नेकपाको पत्र

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटाका सम्पूर्ण स्थानीय तहहरू खाली गर्न चैत ६ गते पत्राचार गरेको छ । अहिलेको राज्य व्यवस्था काम नलाग्ने भन्दै स्थानीय तह खाली गर्नका लागि पाख्रिबास नगरपालिका र शहीदभूमी गाउँपालिकामा सो पार्टीले पत्र पठाएको हो । सो पार्टीले पठाएको पत्रमा जिल्लाका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरू…

२०७४ चैत्र ७, बुधबार ०९:४० गते  
३८ दिन देखिको निरन्तर आन्दोलन जारी, दैनिक उपभोग्य वस्तुको अभाव

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै गरिएको ३८ दिनदेखिको आन्दोलनका कारण धनकुटामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जनजीवन प्रभावित बनेको छ । चरणबद्ध रूपमा चल्दै आएको आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको बाहिरबाट आपूर्ति हुन नसक्दा अहिले बजारमा ग्याँस, पेट्रोल, चामल, सागसब्जीलगायतका उपभोग्य सामग्रीको अभाव हुन…

२०७४ माघ ८, सोमबार १९:०५ गते  
आन्दोलनकारीद्वारा दुई ओटा सरकारी कार्यालयमा आगजनी

सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकेको विरोधमा उत्रिएका धनकुटाबासीले माघ ४ गते दुई ओटा सरकारी कार्यालयमा आगजनी गरेका छन् भने तीन ओटा कार्यालयमा तोडफोड गरेका छन् । प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटालाई तोक्नु पर्ने माग राख्दै ३४ दिनदेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले देउवा सरकारले बुधवार विराटनगरलाई अस्थायी…

२०७४ माघ ४, बिहीबार २१:२२ गते  
प्रहरी र प्रदशनकारीबिचको झडपमा दुई जना घाइते

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच माघ ३ गते झडप हुदाँ दुई जना घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा झडप हुँदा धनकुटा नपा-६ का ३६ वर्षीय जेसिज श्रेष्ठ र ३४ वर्षीय अजित पाख्रिन घाइते भएको आन्दोलन परिचालन समितिका…

२०७४ माघ ३, बुधबार २१:५५ गते  
बन्दको अवज्ञा गरेको भन्दै चार ओटा गाडी तोडफोड

प्रदेश नं. १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीविरुद्ध धनकुटाबासीले पुस १९ गते गरिएको आमहड्तालका क्रममा चार ओटा गाडी तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले दुई ओटा सरकारी, एउटा भाडा र एउटा संस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै प्रदर्शनकारीले आत्मारामा को.१ झ.…

२०७४ पुष १९, बुधबार १९:२४ गते  
धनकुटाका ६७ मतदान केन्द्र अपाङ्गतामैत्री

अपाङ्गता भएका मतदातालाई सहज रूपमा मत खसाल्न दिन यस जिल्लामा ६७ ओटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको राससले जनाएको छ । अपाङ्गता भएकै कारण मतदानबाट वञ्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका कुल १ सय १७ ओटा मतदानस्थल अन्तर्गतका…

२०७४ मंसिर २०, बुधबार २०:५५ गते