आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थापाविरूद्ध कारबाहीको माग

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार सुनिलबहादुर थापाले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै  वाम गठबन्धनले मङ्सिर ८ गते कारबाहीको माग गरेको छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार थापाले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गर्दै हिलेदेखि पाख्रीवाससम्मको क्षेत्रमा गाडीमाथि स्पिकर राखेर माइकिङ गर्दै हिँडेकाले तत्काल रोक्न…

November 24, 2017  
अज्ञात समूहद्वारा बम विष्फोट

अज्ञात समूहले धनकुटाको फङसुवा खोला स्थित सडकमा मङ्सिर ८ गते बिहान गाडीलाई लक्षित गरी बम विष्फोट गराएको छ । धनकुटा नगरपालिकाको बेलहाराबेसी र खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका-६ स्थित साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलास्थित सडकमा बिहान ७ः३० बजे बम विष्फोट भएको हो । रङको बट्टामा सडकमा बिच्छ्याएर राखिएको बम विष्फोट भएको…

November 24, 2017  
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई धनकुटाको विभिन्न स्थानबाट कात्तिक २९ गते गिरफ्तार गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका जिल्ला सदस्य धनकुटा नपा-७ का ५० वर्षीय मोहनप्रसाद ओझा (विज्ञान), कार्यकर्ता पाख्रीवास नपा-४ का २२ वर्षीय प्रेम कट्टेल…

November 15, 2017  
आठ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका १ सय ५३ मतदान केन्द्र मध्ये आठ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । दुई ओटा क्षेत्र रहेको धनकुटामा सुरक्षा चुनौतिको आधारमा क्षेत्र नं. १ मा चार ओटा र क्षेत्र नं. २ मा चार ओटा…

November 4, 2017  
जिल्लामा सञ्चालित रेडियोको प्रशारण बन्द

अविरल वर्षाका कारण साउन २७ गतेदेखि विद्युत अबरूद्ध हँदा धनकुटामा जिल्लामा सञ्चालित तीन ओटै सामुदायिक रेडियोको प्रशारण पूर्ण रूपमा बन्द भएको छ । निरन्तरको वर्षाले विद्युत अबरूद्ध भएको र घाम पनि राम्ररी नलागेका कारण सोलार चार्ज हुन नसकेपछि रेडियो बन्द गर्नु परेको रेडियो मकालु ९२.२ मेगाहर्जका स्टेशन म्यानेजर नैन विश्वकर्माले…

August 15, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ सालघारीका २४ वर्षीय उमेश रम्तेललाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते नै जिल्ला अस्पतालमा गरिएको…

July 27, 2017  
अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट

साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ । अज्ञात समूहले साँगुरीगढी गाउँपालिका-६ भेडेटार र महाभारत जाने कच्ची बाटोको नजिक कोलबोटेमा असार १२ गते राति करिब ८ बजे सिलिण्डर बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए । बम विष्फोट…

June 27, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा एक जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका जिल्ला उपाध्यक्ष ३१ वर्षीय कर्णबहादुर ज्ञावालीलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबजारबाट निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ज्ञावालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा यसअघि सो पार्टीका जिल्ला…

June 23, 2017  
निर्वाचन आचारसंहिताको पालना गर्न आयोगका सदस्यको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको निर्वाचन सफल रूपमा सम्पन्न गर्न सरोकारवाला सबै पक्षले निर्वाचन आचारसंहिताको पालना गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असार ६ गते मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूसँग धनकुटामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य पाठकले स्वच्छ, निष्पक्ष र…

June 20, 2017  
निर्वाचन आचारसंहिताको पालना नगरेको सरोकारवालाको गुनासो

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन पनि व्यापक रूपमा हुन थालेको छ । अधिकांश निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दलहरू रहेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असार १ गते धनकुटामा आयोजना गरेको निर्वाचन पूर्वको मानव अधिकारको अवस्था विषयक अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरूले राजनीतिक दलहरूले…

June 16, 2017