नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाईले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा वैशाख ३० गते आगजनी गरेको छ । शैक्षिक सुधारको माग गर्दै नेविसङ्घले वैशाख २१ गते राखेको ११ बुँदे मागको सुनुवाइ क्याम्पस प्रशासनले नगरेकाले क्याम्पस प्रमुख निरञ्जन बस्तीको कार्यकक्ष तथा कुर्सी आगजनी गरिएको नेविसङ्घ क्याम्पस इकाईका सभापति सरोज धमलाले बताए ।…

May 14, 2018  
स्थानीय तह खाली गर्न नेकपाको पत्र

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटाका सम्पूर्ण स्थानीय तहहरू खाली गर्न चैत ६ गते पत्राचार गरेको छ । अहिलेको राज्य व्यवस्था काम नलाग्ने भन्दै स्थानीय तह खाली गर्नका लागि पाख्रिबास नगरपालिका र शहीदभूमी गाउँपालिकामा सो पार्टीले पत्र पठाएको हो । सो पार्टीले पठाएको पत्रमा जिल्लाका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरू…

March 21, 2018  
३८ दिन देखिको निरन्तर आन्दोलन जारी, दैनिक उपभोग्य वस्तुको अभाव

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै गरिएको ३८ दिनदेखिको आन्दोलनका कारण धनकुटामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जनजीवन प्रभावित बनेको छ । चरणबद्ध रूपमा चल्दै आएको आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको बाहिरबाट आपूर्ति हुन नसक्दा अहिले बजारमा ग्याँस, पेट्रोल, चामल, सागसब्जीलगायतका उपभोग्य सामग्रीको अभाव हुन…

January 22, 2018  
आन्दोलनकारीद्वारा दुई ओटा सरकारी कार्यालयमा आगजनी

सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकेको विरोधमा उत्रिएका धनकुटाबासीले माघ ४ गते दुई ओटा सरकारी कार्यालयमा आगजनी गरेका छन् भने तीन ओटा कार्यालयमा तोडफोड गरेका छन् । प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटालाई तोक्नु पर्ने माग राख्दै ३४ दिनदेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले देउवा सरकारले बुधवार विराटनगरलाई अस्थायी…

January 18, 2018  
प्रहरी र प्रदशनकारीबिचको झडपमा दुई जना घाइते

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच माघ ३ गते झडप हुदाँ दुई जना घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा झडप हुँदा धनकुटा नपा-६ का ३६ वर्षीय जेसिज श्रेष्ठ र ३४ वर्षीय अजित पाख्रिन घाइते भएको आन्दोलन परिचालन समितिका…

January 17, 2018  
बन्दको अवज्ञा गरेको भन्दै चार ओटा गाडी तोडफोड

प्रदेश नं. १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीविरुद्ध धनकुटाबासीले पुस १९ गते गरिएको आमहड्तालका क्रममा चार ओटा गाडी तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले दुई ओटा सरकारी, एउटा भाडा र एउटा संस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै प्रदर्शनकारीले आत्मारामा को.१ झ.…

January 3, 2018  
धनकुटाका ६७ मतदान केन्द्र अपाङ्गतामैत्री

अपाङ्गता भएका मतदातालाई सहज रूपमा मत खसाल्न दिन यस जिल्लामा ६७ ओटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको राससले जनाएको छ । अपाङ्गता भएकै कारण मतदानबाट वञ्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका कुल १ सय १७ ओटा मतदानस्थल अन्तर्गतका…

December 6, 2017  
राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन्, निर्वाचन अधिकारी बेखबर

दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन यहाँ क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत चोकचोकमा नाराजुलुस गर्नुका साथै गाडीमा माइकिङ गरेका छन् । आज राति १२ बजेदेखि मौन समय सुरू हुँदैछ । राति आठ बजेपछि प्रचारका कुनै पनि कार्यक्रम…

December 4, 2017  
राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिताको उल्लङ्घन

निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन कार्य धनकुटा बजार भन्दा पनि ग्रामीण क्षेत्रका बजारहरूमा बढी भएको पाइएको छ । गएको स्थानीय तहको निर्वाचनको तुलनामा दलहरूले निर्वाचन उल्लङ्घनका कार्य कम मात्रामा गरेपनि ग्रामीण क्षेत्रमा रहेका बजारहरूमा व्यापक रूपमा पाइएको छ…

November 28, 2017  
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

धनकुटा खबर अनलाइनले निर्वाचन आचारसंहिता विपरीत एक पक्षीय समाचार प्रकाशन गरेको भन्दै मङ्सिर ८ गते संयुक्त वाम गठबन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिटीका सचिव नैन विश्वकर्माद्वारा हस्ताक्षर गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको उजुरीमा निर्वाचन आचारसंहिता २०७२ (तेस्रो संशोधन २०७४) को…

November 24, 2017