मोसो दलेर दुर्व्यवहार गरिएको पीडितको आरोप

दोलखा, स्थायी घर भइ धनकुटामा ठेक्कापट्टाको कार्य गर्दै आउनु भएका ४० वर्षीय प्रदीप कार्कीले आफूलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ । धनकुटा नगरपालिका-१ हिलेमा काम गरिरहेका अवस्थामा मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै हिलेस्थित सिजाली टोलमा ०८० असोज ९ गते…

September 28, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका–८ मुगाका ६७ वर्षीय रङ्गलाल तामाङलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

September 10, 2023  
न्यायिक समितिमा इजलास कक्ष नहुँदा समस्या

संविधानको धारा २१७ मा हरेक स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ स्थानीय तहको अधिकार सूचीसँग सम्बन्धित छ ।…

September 5, 2023  
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा कृषक समस्यामा

संविधानका धारा ३६ को उपधारा ३ मा प्रत्येक नागरिकलाई खाद्य सम्प्रभूताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । तर जिल्लामा निर्माण सम्पन्न भएको वायर हाउस(चिस्यान केन्द्र) सञ्चालन नहुँदा कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूलहरु कुहिएर नष्ट हुने गरेको छ । धनकुटा नगरपालिका-१ हिलेमा निर्माण सम्पन्न भएको वायर हाउस सञ्चालनमा नआउँदा…

September 5, 2023  
अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय, धनकुटाले आशबहादुर राईलाई घरैमा पुगेर नागरिकताको प्रमाणपत्र साउन २५ गते प्रदान गरेको हो । शरीरको कुनै पनि भाग नचल्ने आशबहादुरलाई प्रशासनले घरमै…

August 10, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

इन्सेक, धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते धनकुटामा सम्पन्न गरिएको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ५७ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुबाट ५८ जना पीडित भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । ६ महिनाको…

June 30, 2023  
सासू हत्या आरोपमा बुहारी गिरफ्तार

साँगुरीगढी गाँउपालिका–४ फाक्सिवकी ६३ वर्षीया सासू सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया बुहारी विष्णुमाया लिम्बूलाई असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० असार ३ गते कुटपिट गर्दा सुकमायाको असार ६ गते मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको…

June 24, 2023  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले बालिकासहित थप दुई जनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा धनकुटा नगरपालिका–४ देब्रेवासका १९ वर्षीय नरेश मङ्राती र विवाह गराइदिएको आरोपमा नरेशका बाबु कृष्ण मङ्रातीलाई जेठ २९ गते गिरफ्तार गरेको हो । धनकुटा नगरपालिका–४…

June 13, 2023  
कथित बोक्सीको आरोप लगाउने विरूद्ध प्रहरीमा उजुरी

४६ वर्षीया बुहारीलाई कथित बोक्सी आरोप लगाउने ५५ वर्षीय ससुराविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिनु भएको छ । सगोलमा परिवारसँग बस्दै आएका ससुराले पटकपटक बोक्सी भन्दै गालीगलौच गरेको र अन्तिम पटक ०८० जेठ २१ गते बोक्सीलाई अभक्ष खुवाउँछु भनेर धम्की दिएपछि आरोपितविरुद्ध प्रहरीमा जेठ २५ गते उजुरी दिएको…

June 9, 2023  
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा मजदूर सम्झुन पर्छ भनि श्रमिकको परिभाषा गरिएको छ । तर, धनकुटा नगरपालिका–१० मार्गामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पढाए बापतको पारिश्रमिक…

June 5, 2023