बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका–३ का ३५ वर्षीय डम्बरकुमार लिम्बूलाई तीन वर्ष ६ महिना  कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार १३ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै २६ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार…

२०८० असार १५, शुक्रबार ०७:१८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा सम्पन्न गरिएको हो । जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्म अर्थात ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामथि…

२०८० असार १२, मंगलवार १६:१९ गते  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका १९ वर्षीय अनिश बस्नेतलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार ३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले…

२०८० असार ४, सोमबार १७:११ गते  
पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–७ की ३१ वर्षीया कुमारी तामाङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति धनबहादुर तामाङलाई जेठ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० जेठ २९ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडित पक्षको…

२०८० जेष्ठ ३०, मंगलवार १०:५४ गते  
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला

२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर भएको सो मुद्दा न्यायाधीश प्रमेश पोखरेलको ०८० जेठ २५ गतेको इजलासले मुल्तबीमा राख्रे फैसला गरेको हो । पीडित महिलालाई आरोपितले…

२०८० जेष्ठ २७, शनिबार १२:०० गते  
पत्नीलाई चक्कु प्रहार गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार

फेदाप गाउँपालिका–४ सम्दुकी २३ वर्षीय तृसना राईलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा ३२ वर्षीय पति मदन राईलाई प्रहरीले ०८० वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २९ गते चक्कु प्रहार गरेर घाइते बनाएका र रोक्न खोज्दा ५० वर्षीया छिमेकी भिमकुमारी तुम्बाहाम्फे पनि घाइते भएको पीडित…

२०८० जेष्ठ १, सोमबार १४:३६ गते  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–२ का २७ वर्षीय राजन लिम्बूलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० वैशाख २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति  भराउन आदेश भएको…

२०८० बैशाख २९, शुक्रबार १४:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई वैशाख २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ वैशाख २५ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व ०८० वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

२०८० बैशाख २६, मंगलवार १५:१६ गते  
यौन दुर्व्यवहार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाँउपालिक–२ का २८  वर्षीय वुद्धि लिम्बूलाई एक वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०७९ चैत २१ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २१ हजार रुपियाँ क्षतिपूर्ति…

२०७९ चैत्र २२, बुधबार १५:३० गते  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका–३ का ५७ वर्षीया देउमान विश्वकर्माविरूद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्व  चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिककी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो…

२०७९ चैत्र २१, मंगलवार ११:१९ गते