पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी कन्चटमा मुक्का प्रहार गरेर पत्नीको हत्या गरेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख…

२०७४ फाल्गुन २७, आईतवार २१:०६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थीति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-४ ईवाका चारजनालाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपमा ७२ वर्षीय महनहि कन्दङवा, ४१ वर्षीय छबिलाल लामगादे, ४५ वर्षीय दिलबहादुर भुसाल र ४६ वर्षीय योगेन्द्र भुजेललाई गिरफ्तार गरिएको इलाका प्रहरी चौकी सक्रान्तिले जनाएको छ ।…

२०७४ फाल्गुन १८, शुक्रबार २२:०५ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई ५५ वर्षीय बावुले बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले माघ २० गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएकी छन् । झड्केली छोरीलाई बुवाले गत भदौदेखि पटकपटक बलत्कार गरेको भन्दै पीडित बालिकाकी आमाले आरोपितलाई हदैसम्मको कानुनी कारवाही गरिपाउँ भनी प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । आरोपित फरार…

२०७४ माघ २४, बुधबार ११:४४ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेर फरार रहेका फेदाप गाउँपालिका-३, जलजलेका ३९ वर्षीय कुमार लिम्बुलाई प्रहरीले चार वर्षपछि पुस ५ गते गिरफ्तार गरेको छ । आरोपित लिम्बुकी पत्नी रमा कुरुम्बाङले ०७० सालमा प्रहरीमा बहुविवाह गरेको आरोपसहित आरोपितलाई कानुनी कारबाहीको माग गर्दै उजरी दिएकी थिइन् । रमाको उजुरीकै आधारमा जिल्ला अदालत तेह्रथुमले ०७० माघ २०…

२०७४ पुष ५, बुधबार २१:०८ गते  
आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइयो

जिल्लाका दलहरूले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँसेका पोष्टर र पम्प्लेट मङ्सिर १५ गते सुरक्षाकर्मीले हटाएको छ । सदरमुकाम म्याङलुङका सार्वजनिक स्थलहरूमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता विपरीत पोष्टर र पम्प्लेट टासेको उजुरीको आधारमा अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन भएको भेटिएकोले सुरक्षाकर्मी सहितको टोलीले हटाएको मुख्य निर्वाचन कार्यालयका अधिकृत जयप्रकाश बस्नेतले बताए…

२०७४ मंसिर १५, शुक्रबार २०:२७ गते  
तेह्रथुमका १३ मतदान स्थल अतिसंवेदनशील

दोश्रो चरण अन्तर्गत मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तेह्रथुममा निर्धारण गरिएका ८९ मतदान स्थलहरूमध्ये १३ ओटा मतदानस्थलहरू अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालका अनुसार सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशीलबाहेक ७६ ओटा मतदानस्थल सामान्य…

२०७४ कार्तिक २४, शुक्रबार २१:१३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक ११ गते १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक  ११ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी…

२०७४ कार्तिक १२, आईतवार २०:२९ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते राति बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजन भुजेलले…

२०७४ आश्विन १७, मंगलवार २०:५२ गते  
बजारबाट जफत गरिएका अखाद्य वस्तु नष्ट

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ९ र १० गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेपछि नष्ट गरेको हो ।…

२०७४ आश्विन ११, बुधबार २१:१० गते  
मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि उपचार नभएपछि 'असामाजिक गतिविधि गर्न थालेको' भन्दै दाहाललाई परिवारले पशु जस्तै खोरमा थुनेर राखेको हो । ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले अहिले खोरमा पुर्‍याएको छिमेकीहरूले बताए । खोरमा बस्न बाध्य…

२०७४ आश्विन १०, मंगलवार २०:३६ गते