अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

म्याङलुङ नगरपालिका-५ को वडा कार्यालयमा अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । अज्ञात पक्षले ०८१ असोज ८ गते राति वडा कार्यलयमा बाहिरको सूचना पाटी च्यातिएको, वडा कार्यालयभित्र जाने नेटको तार काटिएको, बेन्च भाँचिएको र कार्यालय वरिपरी कालो वस्तु छर्किनुका साथै फर्निचरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खड्काले…

२०८१ आश्विन १०, बिहीबार ०९:५४ गते  
अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर अपाङ्गता परिचय-पत्र

मेन्छयायेम गाउँपालिकाका पाँच जना अपाङ्गता भएर भएर हिँड्डुल गर्न नसक्ने व्यक्तिलाई घरघरमै पुगेर जिल्ला प्रशासन कार्यालयले अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । अपाङ्गता हुनु भएकाहरूलाई र जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या हुनु भएकाहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराईले बताउनु भयो । मेन्छयायेम…

२०८१ आश्विन ८, मंगलवार १३:४० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर, साल्पासिलिछो गाउँपालिका-५ स्थायी घर भइ लालीगुराँस नगरपालिका–१ गैंरी टोलमा डेरा गरी बस्दै आएका ६० वर्षीय बाङठा भनिने प्रेम तामाङलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ४ गते इलाका…

२०८१ आश्विन ६, आईतवार १३:०६ गते  
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

३२ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले आठराई गाउँपालिका-३ का ३० वर्षीय प्रकाश थिङ्लाबुलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ भदौ ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १ लाख रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु…

२०८१ भाद्र ११, मंगलवार ०९:४८ गते  
कटानले विद्यालय भवनमा क्षति,चौरमा राखेर परीक्षा

फेदाप गाउँपालिका-४ स्थित श्री जलपा देवी आधारभूत विद्यालयको भवनमा कटानले क्षति पुर्‍याएपछि चौरमा राखेर परीक्षा सञ्चालन गर्नु परेको छ । विद्यालय भवनको मुनिबाट भएको कटानले भवनामा क्षति पुर्‍याएपछि दोस्रो त्रैमासिक परीक्षाको पहिलो दिन भदौ ६ गते बालबालिकालाई चौरमा राखेर परीक्षा सञ्चालन गरिएको छ । विद्यालयका प्रधानाध्यापक प्रियनारायण लिम्बूले ०८१ भदौ…

२०८१ भाद्र ६, बिहीबार १४:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का २३ वर्षीय सुरेश तामाङलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध  सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई…

२०८१ श्रावण २३, बुधबार १५:०८ गते  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-७ थोक्लुङका  १९ वर्षीय नगेन्द्र श्रेष्ठ र उनकी २० वर्षीया पत्नी मनिता लिम्बूलाई साउन १८ गते गिरफ्तार गरेको छ । आरोपितद्धयले ०८१ साउन १६ गते जन्मिएको शिशुलाई हत्या गरी शौचालयको सेफ्टी ट्याङ्कीमा पुरेको सूचनापछि अनुसन्धानका लागि पतिपत्नीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

२०८१ श्रावण २०, आईतवार ०८:५९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-६ का ५१ वर्षीय पदम कन्दङवाविरूद्ध साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८१ साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो…

२०८१ श्रावण १७, बिहीबार ११:५० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-५ का १४ वर्षीय बालकलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ साउन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०८१ श्रावण ११, शुक्रबार ०९:०५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-३ का ६६ वर्षीय दिलप्रसाद रिजाललाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका…

२०८१ श्रावण ७, सोमबार १४:१२ गते