बलात्कार घटनाका आरोपितविरूद्ध इन्सेकको उजुरी, आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला, हरिवन नगरपालिका-९ का २३  वर्षीय अरूणकुमार महतालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १४ गते बलात्कार गरेको आरोपमा इन्सेकले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । इन्सेकको उजुरीका आधारमा आरोपितलाई भदौ १४ गते अनुसन्धानका लागि…

२०८१ भाद्र १७, सोमबार १४:२० गते  
शिक्षकमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाथीभरा याङवरक गाउँपालिका-६ स्थित जनता आधारभूत विद्यालयमा कार्यरत २८ वर्षीय शिक्षक खेमप्रसाद घिमिरेलाई हातपात गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ३५ वर्षीया मेनुका सुनुवार भण्डारीलाई भदौ ६ गते गिरफ्तार गरेको छ । शिक्षक घिमिरेलाई आरोपितले ०८१ भदौ ४ गते विद्यालय जाँदै गरेको अवस्थामा हातपात गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले…

२०८१ भाद्र ७, शुक्रबार १३:३७ गते  
शिक्षकमाथि हातपात

पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय शिक्षक खेमनाथ घिमिरेमाथि हातपात भएको छ । विद्यालय जाँदै गरेको अवस्थामा भदौ ४ गते पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनका रमेश भण्डारी, उनकी पत्नी मेनुका भण्डारीलगायतले हातपात गरेको पीडित शिक्षकको आरोप छ । शिक्षक घिमिरेमाथि आक्रमण भएपछि शिक्षकका पेसागत संस्थाले विज्ञप्ति…

२०८१ भाद्र ६, बिहीबार ०७:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय वीरबहादुर विकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५, वैशाख ८ र अन्तिम पटक साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…

२०८१ भाद्र ५, बुधबार १०:१० गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या हुनु भएकी ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिकाका-९ का २६ वर्षीय आशिष  प्राङदेनलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

२०८१ श्रावण १७, बिहीबार ११:०६ गते  
क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध

सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी ठूला सवारी साधन सञ्चालन गरेका कारण पहिरोलगायतका जोखिम बढेको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् । क्षतिपूर्तिका लागि सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका स्थानीयले १ सय सदस्यीय सङ्घर्ष समिति गठन गरी काबेली…

२०८१ श्रावण १३, आईतवार १०:१५ गते  
एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार

एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । फुङलिङ नगरपालिका-२ मा पार्किङमा राखिएको फक्ताङलुङ गाउँपालिकाको प्र. १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स  ०८१ साउन ३ गते तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन ४ गते गिरफ्तार गरेको हो । गिरफ्तारीमा पर्नेमा मिक्वाखोला गाउँपालिका-३ लिवाङका ३१ वर्षीय कुमार शेर्पा,…

२०८१ श्रावण ५, शनिबार ०६:५२ गते  
गाउँपालिकाको भवनमा पहिरो, सेवा प्रवाहमा समस्या

फक्ताङलुङ गाउँपालिकाको भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाहमा समस्या भएको छ । भारी वर्षापछि ०८१ साउन ४ गते विहानका रातिको पहिरोले गाउँपालिका भवन पुरेपछि सेवा प्रवाह प्रभावित भएको हो । अविरल वर्षासँगै आएको बाढी र पहिरो गाउँपालिकामा पसेपछि साउन ४ गतेबाट सेवा प्रवाभित भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो…

२०८१ श्रावण ४, शुक्रबार १४:२९ गते  
अन्तर-जातीय विवाह गर्ने जोडीलाई स्थानीय तहको सम्मान

जिल्लाको मेरिङदेन गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । दलित र गैरदलितबिच विवाह गर्ने १० जोडीलाई ०८१ असार ३० गते गाउँपालिकाले सम्मान गरेको हो । प्रत्येक जोडीलाई नगद ५ हजार रुपियाँ, सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले बताउनु भयो । गाउँपालिका दलित र…

२०८१ असार ३१, सोमबार १७:०६ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि समीक्षा गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि ०८१ असार २९ गते समीक्षा गरिएको हो । जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस-०८१ असार) अवधिमा ३० ओटा…

२०८१ असार ३१, सोमबार १५:३१ गते