बालिका बलात्कार अभियोगमा १२ वर्ष कैद
१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दमक नगरपालिका-५ का २५ बर्षीय कन्हैयाकुमार सहनीलाई फागुन २० गते १२ बर्ष कैद सजाय भएको छ । झापा जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलाशले आरोपितलाई कैद सजायका साथै पाँच लाख रुपियाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिनु भयो ।…
ब्यारेकभित्र सइद्वारा आत्महत्या
जिल्ला प्रहरी कार्यालय, झापाको ब्यारेकभित्र झुण्डिएको अवस्थामा ४९ वर्षीय सइ धनराज खतिवडा शव फागुन ४ गते फेला परेको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ‘ब्यारेक’को माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा ०८१ फागुन ४ गते शव फेला परेको हो । पानी ट्यांकीमा…
जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि कैद भुक्तान गरिरहेका सिलवाल ०८१ माघ २९ गते कारागारभित्र लडेका थिए । अचानक लडेका सिलवालाई उपचारका लागि तत्कालै मेची प्रादेशिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-९ खातेका २१ वर्षीय सञ्जिव आचार्यलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २५ गते प्रहरी चौकी,घोडामारामा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २५ गते…
बालिका कुटपिट घटनाका आरोपित गिरफ्तार
विर्तामोड नगरपालिका-९ की १५ वर्षीया बालिका स्वस्तिका विष्टलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबु प्रकाश भनिने नीरकुमार विष्टलाई माघ १६ गते गिरफ्तार गरेको छ । छुट्टीका दिन साथीसँग घुम्न हिँडेको र घरमा नबसेको आरोपमा छोरीलाई ०८१ माघ १६ गते पिलासले प्रहार गरी टाउको फुटाइ दिएको र भाटाले शरीरभरि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई माघ ५ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले ०८१ माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरी चौकी,हल्दीबारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
पूर्व मुख्यमन्त्री कुटपिट घटनाका आरोपित गिरफ्तार
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । झापाको कन्काई नगरपालिकास्थित जामुनबारी चोकमा पूर्व मुख्यमन्त्री थापालाई ०८१ माघ ५ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही दिन शिवसताक्षी नगरपालिका-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत, वेष्ट बङ्गाल हाँसीमारा स्थायी घर भइ मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा बस्दै आएका ३५ वर्षीय कुमार तामाङलाई पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ पुस १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १६ गते इलाका प्रहरी कार्यालय, धुलावारीमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्ववार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम विर्तामोडको गोमेन्द्र क्याम्पसको सभा हलमा मङ्सिर २६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले झापामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत गर्नु भएको थियो । सन् २०२४ को जनवरीदेखि ८ नोभेम्बरसम्मको मानवअधिकार उल्लङ्घनका घटनाहरूको आधारमा समीक्षा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-९ का ५७ वर्षीय ध्रुवकुमार शिवाकोटीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले शिवाकोटीलाई गिरफ्तार गरेको हो । आरोपितले घरेलु कामदारका रूपमा राखेको र पटकपटक यौन शोषण गरेको पीडित बालिकाले अधिकारकर्मीलाई बताएपछि…