बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  जिल्ला अदालतले हलेसी तुवाचुङ नगरपालिका–१ का  २१ वर्षीय अनिल विकलाई चैत ६ गते  ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो । पीडित…

२०७९ चैत्र ८, बुधबार १०:०९ गते  
वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार

साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेकी ७९ वर्षीया वृद्धा सीता राईलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीया देउरानी शुभकलालाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा जेठानीलाई आरोपितले ०७९ चैत ५ गते निर्घात कुटपिट गरेको पीडितका १८ वर्षीय नाति साइलेस राईले बताए । कुटपिटबाट गम्भीर घाइते पीडितलाई उपचारका लागि चैत ६…

२०७९ चैत्र ७, मंगलवार १६:१४ गते  
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहपोखरी गाउँपालिका–१ का  ६१ वर्षीय महनलाल थापामगरलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो । पीडितलाई आरोपितले…

२०७९ चैत्र ५, आईतवार १०:२० गते  
अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । र्‍यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध…

२०७९ फाल्गुन २५, बिहीबार १२:३५ गते  
इन्सेक प्रतिनिधि सम्मानित

इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले २५ औँ साधारणसभा तथा ११ औँ अधिवेशनमा सम्मान गरेको हो । मानव अधिकार संरक्षण र प्रवद्र्धन तथा खाद्य अधिकारको क्षेत्रमा विशेष योगदान पुर्‍याए बापत फुयललाई…

२०७९ फाल्गुन १३, शनिबार १४:०४ गते  
प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकी याम्खा नजिक रहेको मैदानमा खेलि रहेको अवस्थामा प्रहरी चौकी याम्खामा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार पर्शुराम वाँस्तोला र प्रहरी जवान २४ वर्षीय…

२०७९ फाल्गुन ४, बिहीबार १०:२३ गते  
न्यायका लागि पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई इन्सेकको ज्ञापनपत्र

एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनाको वास्तविकता छानविन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई माघ २२ गते ज्ञापनपत्र बुझाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेललाई इन्सेक खोटाङ प्रतिनिधिले माघ २२ गते ज्ञापनपत्र बुझाएर पीडित परिवारलाई न्यायका लागि पहल गर्न…

२०७९ माघ २४, मंगलवार १२:४२ गते  
काम गर्ने वातावरण बनाइदिन पत्रकारको आग्रह

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९ गते आग्रह गर्नु भएको छ । माघ ४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईका बारेमा जायजुम अनलाइनमा “उपप्रमुखको ८ महिनामा करिब ५ लाख…

२०७९ माघ ९, सोमबार १९:२९ गते  
बालिका हत्या आरोपमा गिरफ्तार

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका रञ्जीता दाहालको हत्या आरोपमा प्रहरीले रावावेशी गाउँपालिका–५ का २५ वर्षीय अनन्त विकलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिका माघ १ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । माघ २ गते बालिकाको लास घर नजिक खन्यूको बोटमा पाँसो…

२०७९ माघ ६, शुक्रबार १९:३२ गते  
बालिका कुटपिट आरोपमा सौतेनी आमा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की १५ वर्षीया बालिका विनिता आचार्यलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४१ वर्षीया सौतेनी आमा चन्द्रकला रिजाललाई पुस २९ गते गिरफ्तार गरेको छ । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० बालिकालाई सौतेनी आमाले पुस २९ गते घरमा पढीरहेको अवस्थामा निर्घात कुटपिट गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१…

२०७९ माघ २, सोमबार १९:२४ गते