बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका २६ वर्षीय निरज राईलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत १३ गतेको आदेशले कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७७ भदौ १२…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका जलेश्वरीका ६० वर्षीय ससुरालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको ०७९ चैत १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामकान्त यादवले बताउनु भयो । बुहारीलाई ०७८ भदौ…
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हलेसी तुवाचुङ नगरपालिका–१ का २१ वर्षीय अनिल विकलाई चैत ६ गते ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो । पीडित…
वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार
साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेकी ७९ वर्षीया वृद्धा सीता राईलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीया देउरानी शुभकलालाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा जेठानीलाई आरोपितले ०७९ चैत ५ गते निर्घात कुटपिट गरेको पीडितका १८ वर्षीय नाति साइलेस राईले बताए । कुटपिटबाट गम्भीर घाइते पीडितलाई उपचारका लागि चैत ६…
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय महनलाल थापामगरलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत ५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो । पीडितलाई आरोपितले…
अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । र्यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध…
इन्सेक प्रतिनिधि सम्मानित
इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले २५ औँ साधारणसभा तथा ११ औँ अधिवेशनमा सम्मान गरेको हो । मानव अधिकार संरक्षण र प्रवद्र्धन तथा खाद्य अधिकारको क्षेत्रमा विशेष योगदान पुर्याए बापत फुयललाई…
प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकी याम्खा नजिक रहेको मैदानमा खेलि रहेको अवस्थामा प्रहरी चौकी याम्खामा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार पर्शुराम वाँस्तोला र प्रहरी जवान २४ वर्षीय…
न्यायका लागि पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई इन्सेकको ज्ञापनपत्र
एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनाको वास्तविकता छानविन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई माघ २२ गते ज्ञापनपत्र बुझाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेललाई इन्सेक खोटाङ प्रतिनिधिले माघ २२ गते ज्ञापनपत्र बुझाएर पीडित परिवारलाई न्यायका लागि पहल गर्न…
काम गर्ने वातावरण बनाइदिन पत्रकारको आग्रह
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९ गते आग्रह गर्नु भएको छ । माघ ४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईका बारेमा जायजुम अनलाइनमा “उपप्रमुखको ८ महिनामा करिब ५ लाख…