अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । र्‍यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध…

March 9, 2023  
इन्सेक प्रतिनिधि सम्मानित

इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले २५ औँ साधारणसभा तथा ११ औँ अधिवेशनमा सम्मान गरेको हो । मानव अधिकार संरक्षण र प्रवद्र्धन तथा खाद्य अधिकारको क्षेत्रमा विशेष योगदान पुर्‍याए बापत फुयललाई…

February 25, 2023  
प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकी याम्खा नजिक रहेको मैदानमा खेलि रहेको अवस्थामा प्रहरी चौकी याम्खामा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार पर्शुराम वाँस्तोला र प्रहरी जवान २४ वर्षीय…

February 16, 2023  
न्यायका लागि पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई इन्सेकको ज्ञापनपत्र

एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनाको वास्तविकता छानविन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई माघ २२ गते ज्ञापनपत्र बुझाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेललाई इन्सेक खोटाङ प्रतिनिधिले माघ २२ गते ज्ञापनपत्र बुझाएर पीडित परिवारलाई न्यायका लागि पहल गर्न…

February 7, 2023  
काम गर्ने वातावरण बनाइदिन पत्रकारको आग्रह

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९ गते आग्रह गर्नु भएको छ । माघ ४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईका बारेमा जायजुम अनलाइनमा “उपप्रमुखको ८ महिनामा करिब ५ लाख…

January 23, 2023  
बालिका हत्या आरोपमा गिरफ्तार

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका रञ्जीता दाहालको हत्या आरोपमा प्रहरीले रावावेशी गाउँपालिका–५ का २५ वर्षीय अनन्त विकलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिका माघ १ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । माघ २ गते बालिकाको लास घर नजिक खन्यूको बोटमा पाँसो…

January 20, 2023  
बालिका कुटपिट आरोपमा सौतेनी आमा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की १५ वर्षीया बालिका विनिता आचार्यलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४१ वर्षीया सौतेनी आमा चन्द्रकला रिजाललाई पुस २९ गते गिरफ्तार गरेको छ । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० बालिकालाई सौतेनी आमाले पुस २९ गते घरमा पढीरहेको अवस्थामा निर्घात कुटपिट गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१…

January 16, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का ४५ वर्षीय लेकधन राईलाई पुस १८ गते गिफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

January 4, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको…

December 10, 2022  
महिला हिंसाविरूद्धको १६ दिवसीय कार्यक्रम सम्पन्न

“जीवन मर्यादा, समानता  र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार सभ्य समाजको पहिचान” नाराका साथ लैङ्गिक हिसांविरूदको १६ दिवसीय अभियान जिल्लामा मनाइएको छ । १६ दिवसीय अभियानको सन्दर्भमा मङ्सिर २१ गते इन्सेकलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार…

December 7, 2022