मौन अवधिमा पनि मतदान स्थल वरिपरी हटाइएनन् प्रचार साम्रगी

मौन अवधि सुरू भएर १६ घण्टा बितिसक्दा समेत मतदानस्थल वरिपरीका प्रसार सामग्री नहटाएको पाइएको छ । रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थल वरिपरी रहेका चुनाव प्रचारका सामग्रीहरू दलका झण्डा, उम्मेदवारको मतदान चिन्ह तथा फोटो अङ्कित पर्चा हटाइएको छैन । त्यस्तै, लामीडाँडा गाउँपालिका-१ विश्वज्योति माध्यमिक विद्यालयको मतदानस्थल वरिपरी रहेका…

२०७४ मंसिर ८, शुक्रबार २०:१४ गते  
आचारसंहिता विपरीत भोट माग्दै वाम गठबन्धन

आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवारहरूले रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा को १ च ९३७२ नम्बरको गाडीमाथि साउण्ड सिस्टम राखी चुनावी रेडियो जिङ्गल लाउडस्पिकरमा बजाएर बजारको बाटो आहोरदोहोर गर्दै आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका वाम गठबन्धनका विशाल भट्टराई,…

२०७४ मंसिर ६, बुधबार २०:३६ गते  
खोटाङमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

सदरमुकाम दिक्तेलदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले र्सार्वजनिक स्थलमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूलठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहेका छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ…

२०७४ मंसिर ४, सोमबार २१:२० गते  
अनुमति नलिई चुनावी प्रचारप्रसारमा सवारी प्रयोग

आसन्न मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङमा दलका उम्मेदवारहरूले अनुमति बिना सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा नौ र प्रतिनिधि सभाका लागि १० ओटा दलले उम्मेदवारी दिए पनि अहिले चारपाङग्रे सवारी चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी अनुमति नलिएको मुख्य निर्वाचन…

२०७४ मंसिर ४, सोमबार २०:५८ गते  
खुकुरी प्रहार गरेर पत्नीको हत्या, आरोपित गिरफ्तार

रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पत्नीको…

२०७४ मंसिर ३, आईतवार २०:२२ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सात जनाको घरजग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लाबासी त्रसित भएका छन् । नेकपाका कार्यकर्ताले कात्तिक २९ गते राति प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घर जग्गा कब्जा गर्न थालेपछि जिल्लाबासी त्रसित भएका हुन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, काङ्ग्रेसबाट प्रदेश सभा…

२०७४ कार्तिक ३०, बिहीबार २१:१९ गते  
नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारसहित चार जनाको घर जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २५ र २६ गते खोटाङका आसन्न निर्वाचनका उम्मेद्वार तथा नगरप्रमुखलगायत चार जनाको घरजग्गा कब्जा गरेको जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीले जिल्लाबाट प्रदेशसभा (क) का काङ्ग्रेस उम्मेदवार लामिडाँडा गाउँपालिका-२ का सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिका-६ का नगरप्रमुख इवन राई, लामिडाँडा गाउँपालिका -२ का…

२०७४ कार्तिक २८, मंगलवार ०९:४३ गते  
आचारसंहिता विपरीत कार्यक्रम गरेको आरोप

नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेपाली चलचित्रका नायक नवल खड्काले निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम गरेको आरोप छ । नायव खड्काद्धारा लिखित 'भिमदत्त' फिल्म देखाउने भन्दै कात्तिक २२ गते साँझ स्थानीयलाई बोलाएर चुनावी प्रचार-प्रसार र मन्तव्य राखेर सुरू भएको कार्यक्रम आचारसंहिता विपरीत भएको भन्दै प्रशासनले बिचमै बन्द…

२०७४ कार्तिक २४, शुक्रबार ०९:२४ गते  
आचारसंहिता विपरीत छाना वितरण

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिबका लागि छाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा कात्तिक १६ गते नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै  रिजालले गरिबका लागि छाना वितरण गरेका हुन् ।…

२०७४ कार्तिक १९, आईतवार २०:५४ गते  
खोटाङका २८ मतदानस्थल अति सम्वेदनशील

खोटाङमा आगामी मङ्सिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि २८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी बताएका छन् । १ सय ३६ मतदानस्थल र १ सय ७५ मतदान केन्द्रमध्ये २८ ओटा मतदानस्थल अति सम्वेदनशील, ५४ ओटा मतदानस्थल सम्वेदनशील र ५४ ओटा…

२०७४ कार्तिक ८, बुधबार २०:५८ गते