दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर
छैठौँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा खोटाङमा हिंसा तथा दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर बढी रहेको उल्लेख गरिएको छ । महिला तथा बालबालिका कार्यालयमा गत वर्ष आएका १९ ओटा सोसम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो वर्षको हालसम्म आएका चार घटनामध्ये चार ओटै बालिका हिंसा तथा…
कारागारका आश्रति बालबालिकालाई स्टेशनरी सामग्री र न्यानो कपडा वितरण
जिल्ला कारागार शाखा खोटाङमा आश्रति जीवन बिताइरहेका तीन जना बालक र एक बालिकालाई जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी सहायता केन्द्रद्वारा असोज ४ गते न्यानो कपडा, स्टेनशी सामग्री र खेलकूदका सामानहरू प्रदान गरिएको छ । कारागारमा आश्रति बालबालिकाहरूको लागि लत्ताकपडाको समस्याका साथै खेलकूदका सामग्रीहरूको अभाव रहेको जानकारीका आधारमा ती…
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा साकेला गाउँपालिका-२ का ५१ वर्षीय टिकाराम दमाईलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले दमाईलाई दोषी ठहर गर्दै १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हलेसी तुवाचुङ नपा-७ का ५६ वर्षीय इवे विश्वकर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा भदौ १ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा सोही दिन उजुरी दिएका थिए । उजुरी दिए लगत्तै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गररेको आरोपमा प्रहरीले रुपाकोट मजुवागढी-५ का २१ वर्षीय सञ्जीव मग्रातीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई साउन १४ गते बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बलात्कार घटनाका कारण बेहोस भएकी पीडित बालिका उपचारपछि अहिले होससम्म खुलेको पीडितका…
पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
जन्तेढुङ्गा गाउँपालिका-३ की ३५ वर्षीया निर्मला राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३६ वर्षीय पति केदार राईलाई असार २८ गते गिरफ्तार गरेको छ । असार २८ गते माइती घर खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा ३६ वर्षीय पति केदार राईले खुर्पा, कर्द र कँचियालगायतका धारिलो हतियार प्रहार गरी…
बहुविवाहका आरोतिप सजाय भुक्तानको लागि कारागार चलान
बहुविवाहका आरोपितहरू लामीडाँडा गाउँपालिका-६ हौचुरका २८ वर्षीय शेखर खड्का र २३ वर्षीया शारदा पाण्डेलाई जिल्ला अदालतले असार १९ गते १ वर्षतीन महिना कैद सजायको फैसला गरेको छ । बहुविवाह गरि फरार रहेका आरोपितहरूलाई असार १९ गते प्रहरीले गिरफ्तार गरी अदालतमा उपस्थित गराएकै दिन भएको सो फैसला अनुसार आरोपितहरूलाई कारागार चलान…
आयोगको सिफारिस कार्यान्वयन निराशाजनक
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ । ०७१ साल कार्तिक २ गतेदेखि २०७४ असार १५ गतेसम्मको अवधिमा आयोगले सम्पादन गरेका महत्वपूर्ण कार्यको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा हत्या, न्याय प्रशासन, बेपत्ता, अपहरण, गैरन्यायिक थुनालगायतका गम्भीर प्रकृतिका घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरे…
काङ्ग्रेसको विजय जुलुसमा आक्रमण गरेको आरोपमा एमाले कर्याकर्ता गिरफ्तार
रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित त्रिवेणी चोकमा नेपाली काङ्ग्रेसले विजय जुलुस गरिरहेका समयमा होटलमा बसेर वियर तथा रेडबुलका बोतल प्रहार गरेको आरोपमा प्रहरीले एमालेका ३७ वर्षीय सुवास आचार्य, ३४ वर्षीय भीम राई र ३३ वर्षीय शिव खतिवडालाई असार १६ गते साँझ गिरफ्तार गरेको छ । आरोपित राई र आचार्यलाई प्रहरीले घटनास्थलबाटै…