बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका-१ का १५ वर्षीय बालकलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई नातामा काका पर्ने आरोपितले ०८० कात्तिक २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

November 17, 2023  
घरेलु हिंसा गरेको आरोपमा शिक्षा समन्वय प्रमुख गिरफ्तार

काठमाण्डौँ स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ मा बस्दै आउनु भएकी ४३ वर्षीया अमिस्ता थापालाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ४९ वर्षीय शैलेन्द्रबहादुर थापालाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडितले ४९ वर्षीय पति शैलेन्द्रबहादुर थापाले घरेलु हिंसा र मानसिक यातना दिएको आरोपमा कात्तिक २१ गते जिल्ला प्रहरी…

November 7, 2023  
अपाङ्गता परिचयपत्र नहुँदा सामाजिक सुरक्षाबाट वञ्चित

अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराएर सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले स्थानीय सरकारलाई निर्देशन दिएको छ । तर, जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङमा २१ जनाले अपाङ्गगता परिचयपत्र प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षाबाट वञ्चित हुनु परेको छ बाम्राङमा अपाङ्गता…

November 7, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ तालखर्कका १९ वर्षीय प्रकाश पुरीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

October 30, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकलाई आरोपितले ०८० कात्तिक १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…

October 29, 2023  
पत्नी हत्या आरोपमा पति गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ लालीखर्क फलाँटेकी ३६ वर्षीया लाक्पाडीकु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति दावा शेर्पालाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०८० कात्तिक ९ गते पत्नीलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा…

October 27, 2023  
जनशक्ति अभावमा जिल्ला अस्पतालमा प्रसूति र अप्रेशन सेवा बन्द

बिरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी बिरामी भएर उपचारका लागि गएपछि जिल्ला अस्पतालले सार्वजनिक सूचना टाँस गरी प्रसूति र अप्रेशन सेवा बन्द गराएको छ । अस्पतालबाट प्रवाह हुने सेवा बन्द भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । दरबन्दीका एक जना चिकित्सक रहेको र चिकित्सक आँफै विरामी भएर उपचारका लागि जिल्लाबाहिर जाँदा जनशक्ति…

October 19, 2023  
जिल्लामा अस्पतालमा जीवन जल नभएकोमा आयोगको चासो

जिल्ला अस्पतालमा जीवन जल नभएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । व्यवसाय तथा उपभोक्ता अधिकारको विषयमा राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन गर्न आएको आयोगका सदस्य मिहिर ठाकुर नेतृत्वको टोलीले जिल्ला अस्पतालमा जीवन जल नभएको विषयमा आश्चर्यसहित चासो व्यक्त गरेको हो । जिल्ला अस्पतालको अनुगमनपछि आयोगले गरेको पत्रकार…

October 14, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकाकी हजुरआमाले असोज २१ गते प्रहरीमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

October 9, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का २२ वर्षीय सन्तोष आर्चायविरुद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध प्रहरीमा असोज १४ गते उजुरी दिएको हो । आरोपितविरुद्ध पीडित पक्षले उजुरी दिएको भएपनि ढिला…

October 6, 2023