उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी
लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । विष्टविरूद्ध भक्तपुर जिल्ला अदालतले बैकिङ्क कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पक्राउ पूर्जी जारी भएर प्राप्त भएको जिल्ला प्रहरी काार्यालयका डिएसपी सुकदेव खनालले…
बैङ्किक प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण, भत्ता लिन सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो
मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरकी ७७ वर्षीया चन्द्रकुमारी बस्नेत गोडा दुख्ने समस्याले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न । तर, उहाँलाई सरकारले प्रदान गर्ने वृद्धा भत्ता लिन बैङ्कसम्म पुग्नै पर्ने बाध्यता छ । ‘सँधै गाडी पाइँदैन, हिँडेर जान गोडा दुखेर मर्नु हुन्छ । गाडी मै जाँदा पनि निकै गाहृो हुन्छ, के गर्नु सरकारले के…
तोकिएको पारिश्रमिक माग गर्दै बाल शिक्षण सहजकर्ताद्वारा नगरपालिकामा ध्यानाकर्षण
सिद्धिचरण नगरपालिकाका बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले घोषणा गरेको पारिश्रमिक सुविधा नपाएको भन्दै नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा सञ्चालित बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले दिने भनेको तलब सुविधा स्थानीय तहबाट नपाएको गुनासो गर्दै पुस २२ गते नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका हुन् । सिद्धिचरण नगरपालिकाका सामुदायिक विद्यालयमा ६३…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार मण्डलले मानव अधिकार सुनिश्चितताको लागि सरोकारवाला निकायबिच समन्वय आवश्यक रहेको बताउनु भयो । इन्सेकका अनुसार पछिल्लो समय जिल्लामा…
कोभिड–१९ विरूद्धको खोप माग गर्दै इन्सेकसहित अधिकारकर्मीद्वारा सरकारलाई ध्यानाकर्षण–पत्र
कोभिड–१९ विरूद्धको खोप सबै जिल्लावासीले समयमा पाउनु पर्ने माग गर्दै इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरूले साउन ४ गते नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र पठाएका छन् । इन्सेकसहित पैरवी सञ्जाल ओखलढुङ्गाले प्रमुख जिल्ला अधिकारी बन्दना राईमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै जिल्लावासीका लागि कोभिड–१९ विरूद्धको खोप व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण–पत्र पठाएको गैर सरकारी संस्था…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा कार्यक्रम गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको छ । समीक्षा…
भूकम्पको ६ वर्ष : प्रदेश १ मा विद्यालय भवन र स्वास्थ्य संस्था पुननिर्माणको बास्तविकता
०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ०८७ वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका नौ प्रतिशत घरहरूको अझै पुनर्निर्माण…
नागरिक समाज र सञ्चार क्षेत्रबीच पैरवीका साझा मुद्दा पहिचान गरिने
ओखलढुङ्गाका नागरिक समाजका संस्था र पत्रकारहरूबीच पैरवीका साझा मुद्दा तयार गर्ने विषयमा मङ्सिर २९ गते छलफल भएको छ । साझा मुद्दाको पहिचान र बुझाइमा एकरूपता कायम नहुँदा आपसी असझदारी देखिएको सरोकारवालाको बुझाइ छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य’…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७६ फागुन २८ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते…
आफ्ना मुद्दा स्थानीय सरकारले उपेक्षा गरेको द्वन्द्वपीडितको गुनासो
स्थानीय सरकारले आफ्ना सवाल सम्बोधन गर्न कुनै नीति तथा कार्यक्रम नल्याएको ओखलढुङ्गाका द्वन्द्वपीडितले गुनासो गरेका छन् । शसस्त्र द्वन्द्व विधिवत् अन्त्य भएको १४ वर्ष बिते पनि पीडितले न्याय र उचित क्षतिपूर्ति पाउन नसकेको द्वन्द्व पीतिहरूको गुनासो छ । सङ्घीय सरकारले यसअघि मृतक, बेपत्ता, गम्भीर घाइते र विस्थापितहरूलाई राहत तथा उपचार…