कथित बोक्सी आरोपमा कैद सजायको फैसला 

  मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा आगोको भुङ्रोले पोलि दिएको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५० वर्षीय दीपक विश्वकर्मा, २७ वर्षीया मुना विश्वकर्मा र १७ वर्षीया नाबालिकालाई कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ १५ गतेको इजलासले…

२०७९ माघ २५, बुधबार ०८:३१ गते  
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला 

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–९ का १९ वर्षीय उद्धव थापा मगरलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्य पुस २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै मगरलाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २० हजार…

२०७९ पुष २९, शुक्रबार ०६:५८ गते  
वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा ५५ ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा ५६ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते सरोकारवालबिच सार्वजनिक गरेको…

२०७९ मंसिर २४, शनिबार १५:२७ गते  
बमजस्तो शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज 

मोलुङ गाउँपालिका–३ र ४ को सिमाना जोड्ने पक्की पुलको छेउमा मङ्सिर ३ गते बिहान फेला परेको प्रेसर कुकर बम जस्तो देखिने दुई ओटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । नेपाली सेनाको अरिदमन गण ओखलढुङ्गाबाट खटिएको बम डिस्पोज टोलीले  डिस्पोज गराएको हो । पुलको छेउमा स्थानीयले बिहान शङ्कास्पद वस्तु…

२०७९ मंसिर ३, शनिबार १४:०२ गते  
छोरी हत्या आरोपमा बाबु गिरफ्तार

सिद्धिचरण नगरपालिका–३ की २ वर्षीया बालिका रीतिका राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु राजेन्द्र राईलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक २१ गते छोरीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितले ३३ वर्षीया पत्नी उषा…

२०७९ कार्तिक २३, बुधबार ११:१७ गते  
पत्नी हत्या आरोपमा पति गिरफ्तार

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका स्थायी घर भइ सिद्धिचरण नगरपालिका–११ सोब्रू बस्दै आएकी ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति रामबहादुर राईलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक १८ गते दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको…

२०७९ कार्तिक २१, सोमबार १६:२० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रही कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कात्तिक १८ गते…

२०७९ कार्तिक २०, आईतवार १२:४८ गते  
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जनासँग स्पष्टीकरण

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले दुई जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति दिने एक जना र सामाजिक सञ्जालमा कांग्रेसका उम्मेदवारलाई भोट माग्ने एक जना कर्मचारीलाई प्रशासनले स्पष्टीकरण…

२०७९ कार्तिक १५, मंगलवार १६:१२ गते  
शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका–५ स्थायी घर भई चिशंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई असोज ८ गते गिरफ्तार गरेको छ । चिशंखुगढी नगरपालिका–४ स्थित कुमार राईको घरमा डेरा गरी बस्दै आउनु भएका शिक्षक ठाकुर…

२०७९ आश्विन १०, सोमबार ०९:५९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजीदेम्बा गाउँपालिका –३ का ४५ वर्षीय पुरूषलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०७९ भाद्र २, बिहीबार १६:५७ गते