वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा ५५ ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा ५६ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते सरोकारवालबिच सार्वजनिक गरेको…
बमजस्तो शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज
मोलुङ गाउँपालिका–३ र ४ को सिमाना जोड्ने पक्की पुलको छेउमा मङ्सिर ३ गते बिहान फेला परेको प्रेसर कुकर बम जस्तो देखिने दुई ओटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । नेपाली सेनाको अरिदमन गण ओखलढुङ्गाबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गराएको हो । पुलको छेउमा स्थानीयले बिहान शङ्कास्पद वस्तु…
छोरी हत्या आरोपमा बाबु गिरफ्तार
सिद्धिचरण नगरपालिका–३ की २ वर्षीया बालिका रीतिका राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु राजेन्द्र राईलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक २१ गते छोरीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितले ३३ वर्षीया पत्नी उषा…
पत्नी हत्या आरोपमा पति गिरफ्तार
सोलुखुम्बु, नेचासल्यान गाउँपालिका स्थायी घर भइ सिद्धिचरण नगरपालिका–११ सोब्रू बस्दै आएकी ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति रामबहादुर राईलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक १८ गते दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रही कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कात्तिक १८ गते…
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जनासँग स्पष्टीकरण
आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले दुई जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति दिने एक जना र सामाजिक सञ्जालमा कांग्रेसका उम्मेदवारलाई भोट माग्ने एक जना कर्मचारीलाई प्रशासनले स्पष्टीकरण…
शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार
सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका–५ स्थायी घर भई चिशंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई असोज ८ गते गिरफ्तार गरेको छ । चिशंखुगढी नगरपालिका–४ स्थित कुमार राईको घरमा डेरा गरी बस्दै आउनु भएका शिक्षक ठाकुर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
मनोसामाजिक समस्या भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजीदेम्बा गाउँपालिका –३ का ४५ वर्षीय पुरूषलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१ गते रातिदेखि सुत्केरी ब्यथाले च्यापेपछि परिवारले साउन २२ गते घरदेखि स्वास्थ्य चौकी ल्याउने क्रममा लालीमायाले बाटोमै बच्चालाई जन्म दिनु भएको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई साउन १० गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले साउन ७ गते मरणासन्न हुने गरी कुटपिट गरेको र पत्नी बारीबाट फर्कने क्रममा भिरबाट लडी घाइते भएको भनि ओखलढुङ्गा…