पुनःनिर्माणका प्राविधिक गाउँमा नबसेको भूकम्प पीडितहरूको गुनासो
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थायी आवास निर्माणका लागि लाभग्राहीलाई सहजीकरण र अनुगमनमा खटाएका प्राविधिक र इञ्जिनियरहरू गाउँमा नभएको गुनासो गरेका छन् । इन्सेकले ओखलढुङगामा जेठ २५ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले यस्तो गुनासो गरेका हुन् । मानेभञ्ज्याङ गाउँपालिकामा आयोजना गरिएको 'भूकम्पपछिको पुनःनिर्माण र गाउँपालिकाले प्रवाह गरेको सेवा'…
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सवल परियोजनाविरुद्ध उजुरी
स्थानीय तह निर्वाचनमा नेकपा एमालेका एक उम्मेदवारले प्रचारको सामग्री टिसर्ट बनाउँदा सवल शब्द लेखेको जनाउँदै उक्त टिसर्ट जिल्लामा सञ्चालित सवल परियोजनाले प्रायोजन गरेको आरोपमा नेकपा माओवादी केन्द्रले जेठ २३ गते सबल कार्यक्रमविरुद्ध उजुरी दर्ता गरेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मोहन खड्काले कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेको…
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
स्थानीय तहको पुनः संरचना गर्दा नगर क्षेत्रमा गाभिएका गाविसका ज्येष्ठ नागरिकले ०७३ असोजदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गाभिएको साविकको विगुटार गाविसमा अझै भत्ता वितरण नभएको हो । भत्ता नपाएपछि ज्येष्ठ नागरिक नगरपालिकामा आएर भत्ता माग्न थालेका छन् । कर्मचारीको लापरवाहीका कारण आफूहरू भत्ता…
निर्वाचन आचारसंहिता पालना गर्न ओखलढुङ्गाका पत्रकार प्रतिबद्ध
ओखलढुङ्गामा क्रियाशील पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् । इन्सेकको पहलमा नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाले ०७४ वैशाख ९ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका हुन् । जिल्लामा सञ्चालित सञ्चारमाध्यमका सञ्चालक र पत्रकारहरूबिच भएको छलफलमा आचारसंहिता पालना र व्यवसायिक मर्यादा पालना गर्ने सहमति…
घरका नक्सापास नहुँदा भूकम्प पीडितले घर बनाउन पाएनन्
ओखलढुङ्गाको सिद्धिचरण नपाका भूकम्प पीडितहरूले नगरपालिकाले नक्सापास नगरिदिँदा घर बनाउन पाएका छैनन् । नक्सापास नगरपालिकाले अनिवार्य गरे पनि आवेदन दिएका १ सयभन्दा बढी भूकम्प पीडितका नक्सापास भएका छैनन् । नक्सा पास गराउन कार्यकारी अधिकृतको अनिवार्य स्वीकृति लिनु पर्ने प्रावधान भएको र कार्यकारी अधिकृत कार्यालयमा नबसेका कारण समस्या आएको पीडितहरूले आरोप…
औषधि खरिद गर्न रकम अपुग हुँदा औषधिको अभाव
जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गामा आवश्यक औषधि खरिद गर्न रकम अभाव भएको जनाएको छ । रकम अभाव भएपछि स्वास्थ्य संस्थामा २५ किसिमका औषधि अभाव भएको पनि कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक १ करोड १५ लाख रुपियाँको औषधि आवश्यक पर्ने भए पनि ४५ लाख रुपियाँ मात्रै औषधि खरिदका लागि निकासा भएको…
राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ओखलढुङ्गा र खोटाङमा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराई र उप निर्देशक टिकाराम भट्टराईसहितको टोलीले अनुगमन गरेको हो । टोलीले हवाइ सेवाको अवस्था, औषधि तथा स्वास्थ्य सेवा र भूकम्प पीडितले प्राप्त गर्नु पर्ने सेवा प्रवाहको अवस्थाका बारेमा माघ २२…
स्थानीय स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधि अभाव भएको छ । खरिद प्रक्रियामा भएको ढिलाइले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि नभएपछि उपभोक्ता भने निःशुल्क पाइने औषधि निजी क्लिनिकहरूमा खरिद गरेर उपभोग गर्न बाध्य भएका छन् । ढुवानिका लागि टेण्डर प्रक्रियामा ढिलाइ भएकाले जिल्लाका…
भूकम्पपीडितका साझा प्रश्न-'भूकम्पका कारण खोसिएको खुसी कहिले फर्केला ?'
पात्ले गाविस-३ लट्टेबारीकी फुर्लु शेर्पालाई आफ्नो उमेरसमेत ठ्याक्कै थाहा छैन । उनले तीन जना छोरी र सात जना छोरा गरी १० जना सन्तान जन्माइन् । सबैभन्दा कान्छो छोरा पाँच वर्षका छन् । जेठो छोरा र छोरीले विवाह गरेर आ-आफ्नै घरजम गरिसके । जग्गा जमीन धेरै देखिए पनि लेकको जग्गा भएकाले…
गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन
अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको छ । गाउँमा अनुदान वितरण गर्न बैङ्कहरूले असुरक्षा हुने भनेपछि एक नगरपालिका र ४६ गाविसमा भने सदरमुकामबाटै अनुदान वितरण भइसकेको छ । ओखलढुङ्गाका गाम्नाङटार, पोकली, टारकेराबारी र रगनीका भूकम्प पीडितहरूलाई…