भूकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या
०७२ वैशाख १२ को भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनःनिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको तीन वर्षबिते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि अस्थायी टहरामा कक्षा सञ्चालन गर्नुपरेको छ । टहरा भरासिला नहुँदा कतिबेला के हुने हो भयकाबिच पठनपाठन गर्नु परेकोमा शिक्षक र…
बस्ती स्थानान्तरणमा ढिलाइका कारण भूकम्प प्रभावितले आवास निर्माण गर्न पाएनन्
ओखलढुङ्गाका झण्डै २ सय घरपरिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन् । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका उनीहरूलाई आवास निर्माण गर्न समस्या परेको हो । भूगर्भविद्हरूको अध्ययन टोलीले बसोबास गर्न नमिल्ने क्षेत्र भनेर पहिचान भएका मोलुङ गाउँपालिकाको हर्कपुर, प्राप्चा, बिलन्दु, फुलबारी, टारकेराबारी र रगनीका २ सय…
चिसङ्खुगढी गाउँपालिकाद्वारा शिक्षा ऐन जारी
चिसङ्खुगढी गाउँपालिकाले वैशाख २६ गते शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसङ्खुगढी शिक्षा ऐन-२०७५ पारित गरेपछि ऐन कार्यन्वयनमा आएको हो । ओखलढुङ्गामा शिक्षा ऐन जारी गर्ने आठ स्थानीय तहमध्ये चिसङ्खुगढी पहिलो स्थानीय तह हो । अन्य गाउँपालिका तथा नगरपालिकाले ऐन जारी गरेका छैनन् । संविधानको मर्म प्रतिकुल नहुने गरि…
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले दुई जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । सुनकोशी गाउँपालिका-१० का ५० वर्षीय लक्ष्मीप्रसाद दहाल र सिद्धिचरण नपा-११ का ३५ वर्षीय नवराज राईले पटकपटक बलात्कार गरेको भनी पीडित महिलाले वैशाख १८ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा आरोपिहरूलाई…
बहुविवाह गरेको आरोपमा पतिविरूद्ध उजुरी
मानेभञ्ज्याङ गाउँपालिका-९, माधवपुरका ३६ वर्षीय कुमार सार्कीले बहुविवाह गरेको आरोपमा ३२ वर्षीया पत्नी सुमा सार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा वैशाख २४ गते उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा पति विदेश गएपछि घरमा हेला गरेर खान लाउन नदिए पनि एकाघरमा बसेको तर, पति फर्किएपछि ०७५ वैशाख २ गते बहुविवाह…
वडा कार्यालयमा कर्मचारी नहुँदा पञ्जिकरण सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या
ओखलढुङ्गाका स्थानीय तहका वडा कार्यालयहरूमा वडा सचिव नहुँदा सेवा प्रभावकारी सेवा नभएको सेवाग्राहीले गुनासो गरेका छन् । आठ स्थानीय तहका ७५ वडामा अहिले २० जना वडा सचिव मात्र कार्यरत रहेका छन् । प्राविधिक सहायक र अहेवलाई समेत जिम्मा दिएर वडा सञ्चालन गरिएको छ । सचिव नभएपछि पञ्जीकरण र सामाजिक सुरक्षा…
ओखलढुङ्गाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी मर्कामा
ओखलढुङ्गाको कारागारमा खानेपानीको अभाव हुँदा कैदीबन्दीले स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन् । खानेपानी नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदीबन्दीले गुनासो गरेका छन् । कैदीबन्दीले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र जीर्ण भवनमा जोखिमपूर्ण तरिकाले बस्नु परेको गुनासो गरेका हुन् । सञ्चारकर्मी, इन्सेक प्रतिनिधि, सरकारी…
विवरण नमिल्दा ४१ जना लाभग्राहीले पहिलो किस्ता अनुदान रकम पाएनन्
भूकम्पबाट आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा सूचीकृत ओखलढुङ्गाका ४१ जना लाभग्राहीले अनुदान सम्झौता गरेपनि अहिलेसम्म पहिलो किस्ता अनुदान रकम पाउन सकेका छैनन् । अभिलेख राख्ने क्रममा नामनामेसी एक परिवारको, क्रम सङ्ख्या अरूकै भएको, एक व्यक्तिको नामबाट अरूलाई भुक्तानी भएको जस्ता समस्याले उनीहरूले अनुदान नपाएका हुन् । जिल्ला समन्वय समिति, भूकम्पीय…
विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षकमाथि कारवाही
ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ । सोब्रु अङ्ग्रेजी विद्यालयका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुई जना विद्यार्थीलाई ०७४ फागुन ३० गते कुटपिट गरेपछि आगामी दिनमा विद्यालयमा काम काजमा नलगाउने गरी चैत १ गते बर्खास्त गरिएको विद्यालयले…
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा स्थानीय जनप्रतिनिधिको राजीनामा माग
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गाको स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा मागेको छ । उक्त पार्टीले समानान्तर सरकार भन्दै गठन गरेको 'जनपरिषद् नेपाल'को नाममा फागुन २१ गते पत्र लेख्दै जनप्रतिनिधिहरूको राजीनामा माग गरेको हो । सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरूलाई पत्र बुझाएको छ । 'मुलुकभर जनताको सरकार स्थापित…