भूकम्प पीडितका समस्या तत्काल समाधान गर्ने नगरपालिकाको प्रतिबद्धता
सिद्धिचरण नगरपालिकाले सार्वजनिक सुनुवाइमा तीन बुँदे प्रतिवद्धता जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिद्धिचरण नगरपालिकाको संयुक्त आयोजनामा कात्तिक ३० गते नगरपालिकाले प्रवाह गरेका सेवा र गुणस्तरका विषयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर मोहनकुमार श्रेष्ठले प्रतिवद्धता जनाएका हुन् । मेयर श्रेष्ठले भूकम्प पीडितका समस्या तत्काल समाधान गर्ने, नगरपालिकाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई छोरीलाई बलात्कार गरेको आरोपमा स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरीले ३५ वर्षीय बाबुलाई असोज १५ गते गिरफ्तार गरेको छ । बाबुले पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक असोज १२ गते बलात्कार गरेको पीडित बालिकाले स्थानीयलाई बताएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । आरोपितलाई म्याद थप गरी अनुसन्धान थालिएको…
नागरिक समाजका संस्थाहरू पुनर्गठन गर्नुपर्नेमा जोड
सामूहिक पैरवीका लागि नागरिक समाजका संस्थाहरूले आफूलाई व्यवस्थित र पुनर्गठन गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासको लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य विषयक अन्तरक्रियामा सहभागी नागरिक संस्था र सञ्चार क्षेत्रका अगुवाहरूले नागरिक समाजका संस्थाहरूनै मजबुद नभएकाले पुनर्गठित हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा…
जातीय विदेभमा जागिरबाट हटाएको भन्दै प्रधानाध्यापकविरूद्ध उजुरी
दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी छिन् । आफू दलित भएकै कारण विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक लतितकुमार बस्नेतले जागिरबाट हटाएको आरोपमा विन्दाले जिल्ला प्रशासन कार्यालय खोटाङमा साउन १७ गते उजुरी दिएकी हुन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले अस्थायी रूपमा सिद्घिचरण नपा–११ मा बसोबास गर्दै आएका ३३ वर्षीय राजु चेम्जोङ्गलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ । साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ९ गते प्रहरीमा उजुरी दिएपछि मोरङ जिल्ला पथरी–शनिश्चरे नपा–३ स्थायी घर भएका आरोपितलाई गिरफ्तार…
सिद्धिचरण नगरपालिकाद्वारा ३० वटा ऐन, नियमावली र कार्यविधि पारित
सिद्धिचरण नगरपालिकाले ३० वटा ऐन, नियमावली र कार्यविधि पारित गरेको छ । दोस्रो नगरसभामा पेश भई दफावार छलफलपछि ऐन, नियमावली तथा कार्यविधि पारित गरिएको नगरप्रमुख मोहन श्रेष्ठले बताए । नगरपालिकाको नगरसभा असार १० गते शुरू भएर विभिन्न विषयगत समितिको बैठक, नगरसभामा पेश विभिन्न प्रस्तावमाथिको छलफल सम्पन्न गर्दै असार २४ गते…
मानव अधिकार हन्नका घटना कम गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण
मानव अधिकार हनन्का घटना कम गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा छलफल गर्दै सरोकारलाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले इन्सेकले स्थानीय तहका न्यायिक समितिहरूसँग…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितलाई असार १५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी
चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले कथित बोक्सीको आरोप लगाएपछि न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । चम्पादेवी गाउँपालिका-१० को वडा कार्यालयमा उजुरी…
शिक्षिकाद्वारा विद्यार्थीमाथि कुटपिट गरेको आरोप
सिद्धिचरण नगरपालिका-९ ज्यामिरेको ग्रिन भिलेज इङ्लिस स्कूलकी शिक्षिका २४ वर्षीया गीता श्रेष्ठले कक्षा १ का सात वर्षीय मुस्कान वाग्लेलाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । जेठ ४ गते शुक्रबार 'पिटी' खेलाउँदा मुस्कानले नसकेपछि कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट बालकको पिठ्यूँमा निलडाम देखिएको छ । पीडित…