विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले मानेभञ्याङ्ग गाँउपालिका–५ का ३५ वर्षीय वेकबहादुर राईलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । मानेभञ्याङ्गमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका आरोपित प्रहरीको रेकर्डमा विप्लव कार्यकर्ता रहेकाले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले बताए ।…
पत्रकार र मानव अधिकार रक्षकलाई सुरक्षा चुनौति बढेको गुनासो
पत्रकार र मानव अधिकार रक्षकहरूले सुरक्षा चुनौति थपिएको गुनासो गरेका छन् । जनप्रतिनिधि, दलका नेता र सरकारी निकायबाटै चुनौति व्यहोर्नु परेको उनीहरूको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा चैत २० गते आयोजना गरेको मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकलाई अभिमूखीकरण कार्यक्रमममा सहभागी पत्रकार र मानव अधिकार रक्षकहरूले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठविरुद्ध चैत ९ गते प्रहरीमा पीडित पक्षले उजुरी दिएको छ । प्रहरीले उजुरी लगत्तै पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रुम्जाटारमा चैत ९ गत नै गरेर अनुसन्धान थालेको जनाएको छ । श्रेष्ठविरुद्ध उनी आफैले…
स्वास्थ्य चौकीमा औषधि र सर्जिकल सामग्री अभाव हुँदा उपचारमा समस्या
सिद्धिचरण नगरपालिका–६ को जन्तरखानी स्वास्थ्य चौकीमा औषधि र उपचारमा प्रयोग हुने सर्जिकल सामग्री अभाव भएको छ । निशुल्क पाइने औषधि र सामान्य उपचार उपकरण समेत नभएपछि उपचार प्रभावित भएको छ । सिटामोल, जुकाको औषधि लगायतका साधारण औषधि समेत अभाव भए पनि नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध नगराएको स्वास्थ्य चौकी प्रमुख अविन…
बलात्कार गरेको कसुरमा ३७ वर्ष कैद सजाय
१३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बाबुलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश कैलाश केसीको इजलासले फागुन २८ गते सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक बाबुलाई जबरजस्तीकरणी तथा हाडनाता करणी मुद्दामा उक्त सजाय निर्धारण गरिएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले बताए…
कुटपिट घटनाका आरोपित पति गिरफ्तार
मानेभञ्याङ्ग गाउँपालिका-१ मोलीकी २७ वर्षीया निर्मला राईलाई कुटपिट गरेको आरोपमा २९ वर्षीय पति भवीमानसिं रूम्दालीलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । पत्नीलाई निर्घात कुटपिट गरेर बेहोस बनाएको आरोपमा स्थानीयले आरोपितविरुद्ध फागुन २६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजीव श्रेष्ठले बताए । सामान्य…
विद्यार्थीलाई विद्यालयका कर्मचारीले अमानवीय व्यवहार गरेको आरोप
खिजीदेम्वा गाउँपालिका–४ स्थित कुण्डली माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने दुई जना छात्रालाई जुत्ता चाट्न लगाएर विद्यालयका कर्मचारीले अमानवीय व्यवहार गरेको अभिभावकले आरोप लगाएका छन् । विद्यालयका कर्मचारी सुजन सुनुवारले सोही विद्यालयमा कक्षा १ मा पढ्ने विद्यार्थी रिकेश नेपाली र आकाश दर्जीलाई फागुन २६ गते अर्का विद्यार्थी जोन दर्जीका जुत्ता…
नगरपालिकाले औषधि नदिँदा जिल्ला अस्पतालमै औषधि अभाव
सिद्धिचरण नगरपालिकाले औषधि खरिद गरेर वितरण नगर्दा नगरपालिकाभित्रका १० ओटा स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । सरकारले निशुल्क वितरण गर्ने अत्यावश्यक औषधि नै अभाव भएपछि स्वास्थ्य चौकी र अस्पतालमा उपचार गर्न आउने बिरामी निजी क्लिनिकमा धाउनु पर्ने बाध्यता छ । सरकारले स्वास्थ्य चौकीमा ३७ र जिल्ला…
चिरपट प्रहार गरी आमाको हत्या
चम्पादेवी गाउँपालिका–५ की ६३ वर्षीया नरमाया कार्कीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा टङ्कबहादुर कार्कीलाई माघ १९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेर पत्निमाथि कुटपिट गरिरहेको अवस्थामा आमाले रोकछेक गरेपछि आरोपित कार्कीले आमाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । कार्कीले माघ…
सार्वजनिक स्थल र कार्यालयमै दलितमाथि विभेद भएको आरोप
दलितमाथि सार्वजनिकस्थल र कार्यालयमै विभेद भएको दलित समुदायका अगुवाहरूले आरोप लगाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित जातीय विभेद र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी चेतामूलक कार्यक्रममा सहभागी दलित जनप्रतिनिधिहरूले यस्तो आरोप लगाएका हुन् । जिल्ला समन्वय समितिका सदस्य होमबहादुर बिकले सार्वजनिक कार्यक्रममा दलितमाथि हेय भावले हेर्ने र विभेद…