बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि…
यातना घटनाका आरोपित बाबु गिरफ्तार
चार र ६ वर्षीया छोराहरूलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-९ का ४३ वर्षीय फुरिञ्जी शेर्पालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीमा साइप्रसमा रहेकी ३५ वर्षीया पत्नी छोटी शेर्पासँग रीस साँध्न छोराहरूलाई यातना दिने र भिडियो र फोटाे पठाउने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ…
पहिरोले पाँच परिवार विस्थापित, २३ घर जोखिममा
पहिरोले मोलुङ गाउँपालिका-७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण गएको पहिरोले गौरीडाँडाका पाँच घरपरिवार विस्थापित हनुका साथै २३ घर परिवार जोखिममा परेका छन् । पहिरोका कारण गौरीडाँडाका स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भइ पहिरोको उच्च जोखिम…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको हो । सन् २०२४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का १९ वर्षीय सुजन लिम्बुलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ जेठ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खिजिदेम्बा गाउँपालिका-८ का ६२ वर्षीय देन्डु शेर्पालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८१ जेठ २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो । अदालतको सोही आदेशले कसुरदारबाट ३० हजार…
जातीय विभेद कायमै रहेको दलित समुदायको गुनासो
दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा ०८१ जेठ २१ गते सिद्धिचरणमा आयोजित कार्यक्रममा दलित समुदायका अगुवाहरूले दलितहरू माथि जातीय विभेद कायमै रहेको गुनासो गरेका हुन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि व्यवहारमा लागू नभएको…
बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला
२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका-८ का ३४ वर्षीय मेखबहादुर परियारलाई चार वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८१ जेठ १७ गतेको इजलासले कसुर गरेको ठहर गदै कैद सजायको फैसला गरेको हो । अदालतको सोही आदेशले कसुरदारबाट १ लाख ५०…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
मनोसामाजिक समस्या भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मानेभञ्ज्याङ गाउँपालिका-३ दाप्चुकुका ४० वर्षीय सोमराज राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८१ जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।…