बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
त्रियुगा नगरगरपालिका-११ की १५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१० का २७ वर्षीय अनिल शिवालाई भदौ २६ गते र सिरहा, लहान नगरपालिका-१९ का २८ वर्षीय सतिशकुमार यादवलाई ०८० भदौ २४ गते गिरफ्तार गरेको हो…
स्क्रव टाइफस सङ्क्रमणका कारण एकको मृत्यु, सङ्क्रमण दर बढ्दो
त्रियुगा नगरपालिका-९ का ४६ वर्षीय पति सदाको स्क्रव टाइफसका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । सदाको स्क्रव टाइफस उपचारका क्रममा भदौ २१ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । जिल्लामा स्क्रव टाइफसको सङ्क्रमण ०८० भदौको दोस्रो सातादेखि प्रकोपकै रूपमा फैलिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर ज्ञानेन्द्र झाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका-२ का ३१ वर्षीय राजेश तामाङलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २१ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका-५ मैनामैनीका १९ वर्षीय सुशान्त मगरलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको भदौ १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ६ लाख जरिबाना र २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका…
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट ६ महिनायता प्रयोगविहीन, बिरामीलाई सास्ती
त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटका ५८ वर्षीय लल्कु चौधरी ज्वरो, टाइफाइड र दमका कारण ०८० भदौ ७ गते जिल्ला अस्पतालमा भर्ना हुनु भयो । उहाँलाई स्वास्थ्यकर्मीले चेकजाँच पश्चात औषधि लेखिदिए । दमका बिरामी भएका कारण लल्कुलाई अक्सिजन दिनुपर्ने अवस्था थियो । तर, जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिग्रिएको कारण ६ महिनायता…
जिल्ला अस्पतालमा डेङ्गीका बिरामी धेरै, बेड अभावपछि भुईँमै राखेर उपचार
जिल्ला अस्पतालमा डेङ्गीका बिरामी बढेपछि बेड अभावभएसँगै बिरामीलाई भुईँमै राखेर उपचार गर्नु परेको छ । दैनिक १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म बिरामी जँचाउन र उपचारार्थ आउन थालेपछि जिल्ला अस्पतालमा बेड अभाव भएको हो । ५० शैया क्षमताको अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि भुईँमा राखेर उपचार गराउनुपर्ने बाध्यता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ, विराटनगर महानगरपालिका-१६ स्थायी घर भइ कटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीय दिनेश पण्डितलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यलय, कटारीमा उजुरी दिएको थियो…
त्रियुगा नगरपालिकाद्वारा ‘त्रियुगा ज्ञानमाला’ पाठ्यक्रम तयार
नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २६६ को उपधारा १ मा स्थानीय तहको अधिकार सूची छ । सोही अनुसार…
बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला
अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-९ चनौटेका १७ वर्षीय एक बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको भदौ १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख ६६ हजार ६ सय ६६ रुपियाँ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका-१ बेलसोतका २५ वर्षीय जयबहादुर खपाङ्गीलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आाधारमा आरोपितलाई…